श्री मिथिला डिजिटल नेपाल प्रा.लि.लाई प्राधिकरणमा सम्पर्क राख्ने सम्बन्धमा प्राधिकरणबाट जारी सार्वजनिक सूचना

“श्री मिथिला डिजिटल नेपाल प्रा.लि.लाई प्राधिकरणमा सम्पर्क राख्ने सम्बन्धमा प्राधिकरणबाट जारी
सार्वजनिक सूचना”

सूचना प्रकासित मिति: २०७९/२/१०

प्राधिकरणबाट इन्टरनेट ( इमेल सहित ) सेवा संचालन गर्न अनुमतिपत्र प्राप्त तहाँ इन्टरनेट सेवा प्रदायक कम्पनिले अनुमतिपत्रका शर्तहरु पालना गरे / नगरेको सम्बन्धमा स्थलगत अनुगमन गर्दा तहाँले अनुमतिपत्र प्राप्त गरेको ९० (नब्बे) दिन भित्र सेवा संचालन गरेको नपाइएकोले प्राधिकरणबाट तहाँ कम्पनिलाई प्रथम पटक मिति २०७८/०५/२५ गते स्पष्टिकरण पेश गर्ने सम्बन्धमा पत्राचार गरिएको र सो सम्बन्धमा स्पष्टिकरणको जवाफ प्राधिकरणमा प्राप्त नभएकोले पुन: मिति २०७८/०८/२६ गते इमेल गरिएको र सो को समेत जवाफ प्राप्त नभएको हुँदा प्राधिकरणबाट मिति २०७८/१०/०२ मा स्पष्टिकरण पेश गर्ने सम्बन्धमा पुन:पत्राचार गर्दा समेत हाल सम्म तहाँले प्राधिकरणमा कुनै पनि स्पष्टिकरण पेश नगरेको र प्राधिकरण संग सम्पर्क विहीन अवस्थामा रहेको पाइएको हुँदा तहाँ प्रा.लि.लाई ३५ (पैतिस) दिन भित्र प्राधिकरणबाट यस पूर्व माग गरिएको स्पष्टिकरणको विषयमा प्रमाण सहित तल उल्लिखित शाखा/महाशाखामा सम्पर्क गर्नुहुन यसै सूचना मार्फत अनुरोध गरिएको छ| यसरी सार्वजनिक सूचना प्रकासित गर्दा समेत सम्पर्कमा नआई स्पष्टिकरण पेश नगरेको अवस्थामा प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अगाडी वढाइने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ।

नेपाल दूरसञ्चार प्राधिकरण
अनुगमन महाशाखा
जमल, काठमाडौँ, नेपाल
फोन: +९७७-१-५३५५४७४, फ्याक्स: +९७७-१-५३५५२५०
Email: info@nta.gov.np, Website: www.nta.gov.np