नेपाल दूरसञ्चार प्राधिकरणको अत्यन्त जरुरी सूचना

नेपाल दूरसञ्चार प्राधिकरणको अत्यन्त जरुरी सूचना

 

विगत केही समयको अन्तरालमा मोबाइल सेवाका टावरहरुमा क्षती पुर्याई सेवा अवरुद्ध गर्ने कार्य भएको प्रति यस नेपाल दूरसञ्चार प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ । दूरसञ्चार सेवा हाल अत्यावश्यक सेवाको रुपमा स्थापित भैसकेको सन्दर्भमा यसरी सेवा अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर आम नेपाली उपभोक्ताहरुमा पर्ने हुन्छ । तसर्थ नेपाली जनतासँग प्रत्यक्ष सरोकार राख्ने अति आवश्यक दूरसञ्चार सेवाको पूर्वाधारका रुपमा रहेका टावर लगायतका प्रणालीमा क्षती नपुर्याउन र त्यस्तो कार्य तत्काल बन्द गरी निर्वाध रुपमा दूरसञ्चार सेवा सञ्चालन गर्ने वातावरण बनाउन सम्वन्धित सबैमा अनुरोध गरिन्छ ।

 

नेपाल दूरसञ्चार प्राधिकरण
कमलादी, काठमाडौं
फोन नं. : +९७७ –१–४२५४६८१
फ्याक्स नं. : +९७७ –१–४२५५२५०
पो.ब.नं.: ९७५४
ई–मेल : ntra@nta.gov.np