ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजना अन्तर्गत जडान भएका ग्राहक टर्मिनल उपकरणहरू सुरक्षित राख्ने सम्बन्धमा सूचना

ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजना अन्तर्गत जडान भएका ग्राहक टर्मिनल उपकरणहरू सुरक्षित राख्ने सम्बन्धमा सूचना

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजना अन्तर्गत तोकिए बमोजिमका गाउँपालिका, नगरपालिका, मातहतका वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय तथा सामुदायिक स्वास्थ्य संस्था/केन्द्रहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान गर्नको लागि बिभिन्न सेवा प्रदायकहरूसँग सम्झौता भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।उक्त परियोजना अन्तर्गत सेवा जडान भएका तोकिएका स्थानहरूमा २ बर्षको निःशुल्क सेवाको अवधि समाप्त भए पश्चात सेवाग्राहीबाट सेवा निरन्तरताको अनुरोध भएमा प्राधिकरणबाट स्वीकृत दररेटमा सेवा निरन्तरता गर्नु पर्ने दायित्त्व सेवा प्रदायकको भएको तथा नेपाल सरकारको आगामी बर्षको नीति तथा कार्यक्रमले राज्यका सम्पूर्ण सामुदायिक माध्यमिक विद्यालय तथा स्वास्थ्य संस्थाहरुलाई इन्टरनेट खर्चमा ५०% सहुलियत दिने नीति लिएको हुँदा सो संस्थाहरुमा थप अवधि सेवा उपलव्ध गराउने व्यवस्था गरेको कारणले जडान भएका उपकरण यथास्थितिमा सञ्चालन हुन सक्ने गरी सुरक्षित सँग राख्न हुन सम्बन्धित सबैमा अनुरोध छ।

 

नेपाल दूरसञ्चार प्राधिकरण,

जमल, काठमाडौँ, नेपाल।

जि. पि. ओ. बक्स: ९७५४

फोन नं.: +९७७-१- ५३५५४७४

फ्याक्स नं.: +९७७-१ ५३५५२५०

इमेल: ntra@nta.gov.np

वेवसाइट: www.nta.gov.np