उपभोक्ता हक/हित संरक्षण गरी गुणस्तरीय सेवा प्रवाह गर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना

उपभोक्ता हक/हित संरक्षण गरी गुणस्तरीय सेवा प्रवाह गर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना

सूचना प्रकाशित मिति: २०८३|०१|३०

यस प्राधिकरणबाट अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरुले आफ्ना ग्राहकहरूलाई ऐन, नियम, विनियम, कार्यविधि तथा शर्तको परिधि भित्र रही आम उपभोक्तालाई प्रदान गरिने सेवा प्रवाह चुस्त, दुरुस्त, प्रभावकारी रूपमा गर्नुपर्ने व्यहोरा विदितै छ | हालका दिनहरूमा तोकिएको गुणस्तर वमोजिमको सेवा प्रवाह नभएको भनि ग्राहकहरूबाट सेवाको गुणस्तर लगायत अन्य विषयहरूमा असन्तुष्ट जाहेर गरी प्राधिकरणको इमेल(Email), प्राधिकरणले संञ्चालन गरिरहेको Complaint Handling System(CHS) साथै नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संञ्चालन गरिरहेको हेलो सरकारको (Hello Sarkar) पोर्टलमा दूरसञ्चार सेवाका उपभोक्ताहरुबाट गुनासो/उजुरीहरूको संख्या उल्लेख्य रूपमा बृद्वी भइरहेको छ | प्रस्तुत सन्दर्भमा ऐन, नियम, विनियम, कार्यविधि तथा शर्तको अधिनमा रही दूरसञ्चार सेवा प्रवाहलाई चुस्त, दुरुस्त, प्रभावकारी रूपमा आम-उपभोक्ताहरुलाई उपलव्ध गराई उपभोक्ता हक/हित संरक्षण कायम हुने गरी उपभोक्ताहरूबाट प्राप्त गुनासा/उजुरीहरू यथाशक्य समाधानको व्यवस्था गर्नु/गराउनुहुन सम्वन्धित सबै सेवा प्रदायकहरूलाई यसै सूचना मार्फत निर्देश गरिन्छ | दूरसञ्चार सेवा प्रदायकहरूले आफ्नो जिम्मेवारी वमोजिम गुणस्तरीय सेवा प्रवाह नगरी प्राधिकरणमा गुनासो/उजुरी पर्न आएको खण्डमा प्राधिकरणबाट आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाइने व्यहोरा समेत सम्बन्धित सबैलाई यसै सूचना मार्फत  जानकारी गराइन्छ ।  

                      

नेपाल दूरसञ्चार प्राधिकरण

उपभोक्ता हित संरक्षण शाखा |

जमल, काठमाडौं ।

फोन नं. ९७७-०१-५३५५४७४

Email: ntra@nta.gov.np, URL: www.nta.gov.np