अनुमतिपत्र विना इन्टरनेट सेवा संचालन नगर्ने/नगराउने सम्वन्धमा नेपाल दूरसंचार प्राधिकरणबाट जारी सार्वजनिक सूचना

अनुमतिपत्र विना इन्टरनेट सेवा संचालन नगर्ने/नगराउने सम्वन्धमा
नेपाल दूरसंचार प्राधिकरणबाट जारी सार्वजनिक सूचना

सूचना प्रकाशित मिति: २०७९/२/२५

दूरसञ्चार ऐन, २०५३ को दफा २१ मा कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा संचालन गर्न नपाइने कानूनी व्यवस्था रहेको छ। हाल सामाजिक संजालहरुमा अनुमतिपत्र प्राप्त नगरी विपरित स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवाको संचालन/वितरण सम्बन्धमा विज्ञापन हुने गरेको भन्ने बुझिन आएकोले कोही कसैले पनि अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा संचालन नगर्नु/नगराउनु हुन सूचित गरिन्छ।अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा संचालन गर्ने/गराउने जस्ता गैरकानूनी कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा जानकारी गराउदै यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ।

अत: सेवाग्राहीहरुलाई भ्रममा नपर्न र नेपाल दूरसंचार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त नगरी गैरकानूनी रुपमा कसैले पनि इन्टरनेट सेवा संचालन गरेको वा वितरण गरको कसैलाई थाहा/जानकारी भएमा तल उल्लिखित ठेगानामा सम्पर्क/सूचित गरिदिनुहुन समेत यसै सूचना मार्फत अनुरोध गरिएको छ |

नेपाल दूरसञ्चार प्राधिकरण
अनुगमन महाशाखा
जमल, काठमाडौँ, नेपाल
फोन नं. ९७७-१-५३५४७४
Email: info@nta.gov.np, URL: www.nta.gov.np