श्री हिमालयन गोरखा नेट प्रा.लि. को इन्टर्नेट (इ-मेल सहित) सेवाको अनुमतिपत्र खारेज गरिएको सम्बन्धि अत्यन्त जरुरी सूचना

श्री हिमालयन गोरखा नेट प्रा.लि. को इन्टर्नेट (इ-मेल सहित) सेवाको अनुमतिपत्र खारेज गरिएको सम्बन्धि अत्यन्त जरुरी सूचना

 प्रथम पटक प्रकाशित मिति: २०८०/०८/१४

नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टर्नेट (इ-मेल सहित) सेवाको अनुमतिपत्र प्राप्त संस्था श्री हिमालयन गोरखा नेट प्रा.लि. हरामटारी-६, गोरखाको अनुमतिपत्र (अनुमतिपत्र नं. फि.ज. १.१२८) दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम मिति २०७९/१०/१२ देखि स्वतः खारेज भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै त्ययस प्रा.लि.ले नियमानुसार तिर्न/बुझाउन पर्ने रकमका सम्बन्धमा यो सुचना जारी भएको मितिले ३० दिन भित्र यस कार्यालयमा सम्पर्क गर्नुहुन, अन्यथा प्रचलित कानून अनुसार कार्यवाही प्रक्रिया अगाडी बढाईने व्यहोरा समेत यसै सुचनाद्वारा जानकारी गराइन्छ ।

 

नेपाल दूरसञ्‍चार प्राधिकरण

अनुमतिपत्र व्यवस्थापन शाखा

जमल, काठमाडौं ।

फोन नं. ९७७-५३५४६८१, फ्याक्स ९७७-५३५५२५०

Email: ntra@nta.gov.np, URL: www.nta.gov.np