प्राधिकरणबाट इन्टरनेट (इमेल सहित) सेवा सञ्चालनका लागि अनुमतिपत्र प्राप्त संस्थाहरुको लागि इन्टर्नेट सेवाका ग्राहकले भर्नुपर्ने आवेदन फाराम (Application Form) तथा ग्राहकसंग गरिने सम्झौता (Agreement)सम्बन्धी सूचना

प्राधिकरणबाट इन्टरनेट (इमेल सहित) सेवा सञ्चालनका लागि अनुमतिपत्र प्राप्त संस्थाहरुको लागि
इन्टर्नेट सेवाका ग्राहकले भर्नुपर्ने आवेदन फाराम (Application Form)
तथा ग्राहकसंग गरिने सम्झौता (Agreement)सम्बन्धी
सूचना

इन्टर्नेट सेवा प्रदायकहरुले आफ्ना सेवाग्राहीहरुलाई इन्टर्नेट सेवा प्रदान गर्दा वा बिक्री वितरण गर्दा प्राधिकरणबाट स्वीकृत प्राधिकरणको वेभसाईट (www.nta.gov.np) मा उपलब्ध रहेको “इन्टर्नेट सेवाका ग्राहकले भर्नुपर्ने आवेदन फाराम (Application Form)” तथा “ग्राहकसंग गरिने सम्झौता (Agreement)” अनुसार गर्नु गराउनुहुन सबै इन्टरनेट सेवा प्रदायकहरुलाई जानकारी गराईएको छ । सो भन्दा फरक हुने गरी शर्तहरु राखी इन्टरनेट सेवाका ग्राहकहरुलाई फारम भराउँदा वा सम्झौता गर्दा इन्टरनेट सेवाको अनुमतिपत्रको शर्त बमोजिम प्राधिकरणबाट स्वीकृति लिएर मात्र गर्नु गराउनुहुन सम्बन्धित सबै सेवा प्रदायकहरुलाई सूचित गरिएको छ । अनुमतिपत्रको शर्त बमोजिम कार्य भए गरिएको नपाईएमा दूरसञ्चार ऐन, नियम बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराईन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरण
कमलादी, काठमाडौं, नेपाल
जि.पि.ओ. बक्स–९७५४
फोनः ९७७–१–४२५५४७४
फ्याक्सः ९७७–१–४२५५२५०
ntra@nta.gov.np, www.nta.gov.np