कार्यालय संचालन तथा सेवा प्रवाह गर्ने सम्बन्धमा नेपाल दूरसंचार प्राधिकरणको अत्यन्त जरुरी सूचना

कार्यालय संचालन तथा सेवा प्रवाह गर्ने सम्बन्धमा
नेपाल दूरसंचार प्राधिकरणको
अत्यन्त जरुरी सूचना


कोभिड-१९ को संभावित संक्रमणलाई दृष्टिगत गर्दै नेपाल सरकारवाट मिति २०७६।१२।११ देखि २०७६।१२।१८ गतेसम्म अत्यावश्यक सेवाहरु मात्र सूचारु गरी मुलुकभर लक डाउन गर्ने निर्णय भएकोले यस विषम परिस्थितिमा यस प्राधिकरणका कर्मचारीहरुले निम्नानुसार गर्न गराउनुहुन सूचित गरिन्छ ।

  1. दूरसंचार सेवा प्रदायकसँग समुचित समन्वय समेत गरी दूरसंचार सेवालाई निर्वाध रुपमा संचालन गर्ने गराउने ब्यवस्था मिलाउने ।
  2. प्राधिकरणका महाशाखा तथा शाखा प्रमुखहरुले मातहतका कर्मचारीहरु मार्फत सम्बन्धित अत्यावश्यक तथा जरुरी कार्यहरु घरमै रही कार्यालयको Office Automation System को प्रयोग गरी सम्पादन गर्ने ब्यवस्था मिलाउने ।
  3. कार्यालयको Office Automation System मार्फत कार्य गर्दा कुनै समस्या परेमा प्राधिकरणका प्रविधि अनुसन्धान तथा विकास शाखाका स.नि. सुगन शाक्यलाई टेलिफोन ९८४१७५०१७६ तथा इमेल sshakya@nta.gov.np मा सम्पर्क गर्न सकिनेछ ।
  4. प्राधिकरणका सवै कर्मचारीहरु आवश्यक पर्दा उपस्थित हुने गरी हरदम सम्पर्क (Standby) मा रहने र घरमै वसी कार्य गर्ने तथा निरन्तर मोवाइल सम्पर्कमा रही तालुक पदाधिकारीहरुवाट प्राप्त निर्देशन परिपालना गर्ने ।
  5. दूरसंचार सेवा प्रदायक कम्पनी वा अन्य निकायले प्राधिकरणसँग सम्पर्क वा समन्वय गर्दा तथा प्राधिकरणवाट निर्णय निकासा दिंदा कार्यालयको Email ID : ntra@nta.gov.np वा info@nta.gov.np मार्फत गर्न सकिनेछ । 
  6. दूरसंचार सेवा प्रदायक कम्पनी वा अन्य निकायले प्राधिकरणसँग सम्पर्क गर्दा प्रयोग गर्ने Focal Person को सम्पर्क नं तथा इमेल प्राधिकरणलाई उपलब्ध गराउनुपर्नेछ ।
  7. प्रतिकुल परिस्थितिमा पनि आफ्नो स्वास्थलाई उच्च ख्याल राख्दै प्राधिकरणको सेवालाई नियमित र दुरुस्त राख्न उत्प्रेरित भई हरसंभव प्रयास गर्ने । कुनै पनि कठिन परिस्थिति आएमा वा आउने पूर्वानुमान भएमा आफूभन्दा माथिल्लो तालुक पदाधिकारीलाई जानकारी गराउने ।
  8. विद्यमान समयमा नेपाल सरकार र प्राधिकरणद्धारा जारी गरिएका सूचनाहरु पालना गर्ने, गराउने ।

अध्यक्ष
नेपाल दूरसंचार प्राधिकरण
२०७६/१२/१२