श्री कर्णाली नेटवर्क सर्भिसेज प्रा.लि., चन्दन नाथ नगरपालिका-०८, जुम्लाको इन्टर्नेट (इ-मेल सहित) सेवाको अनुमतिपत्र खारेज गरिएको सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणको जरुरी सूचना

श्री कर्णाली नेटवर्क सर्भिसेज प्रा.लि., चन्दन नाथ नगरपालिका-०८, जुम्लाको
इन्टर्नेट (इ-मेल सहित) सेवाको अनुमतिपत्र खारेज गरिएको सम्बन्धमा
नेपाल दूरसञ्चार प्राधिकरणको  जरुरी सूचना

 

यस  प्राधिकरणबाट इन्टर्नेट (इ-मेल सहित) सेवाको  अनुमतिपत्र प्राप्त संस्था श्री कर्णाली नेटवर्क सर्भिसेज प्रा.लि., चन्दननाथ नगरपालिका-०८, जुम्ला (अनुमतिपत्र नं. फि.ज. १-१२९) तोकिएको समय भित्न नियमानुसार दस्तुर दाखिला गरी नाविकरण  नगराएकोले निजले  प्राप्त गरेको उक्त  अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम स्वतः खारेज भएको व्यहोरा सम्बन्धित सबैलाइ  जानकारी गराइन्छ  । साथै  इन्टर्नेट सेवा संचालन गरे वापत नियमानुसार तिर्न/बुझाउन पर्ने दस्तुर एवं वित्तीय विवरणहरु  ३० दिन भित्र फर फारक गर्नु हुन अन्यथा सरकारी बाँकी सरह प्रचलित कानून अनुसार असुल उपर गरिने व्यहोरा समेत  यसै  सूचनाद्वारा जानकारी गराइएको छ  ।