नेपाल विधुत प्राधिकरणले जथाभावी रुपमा अप्टिकल फाइवर काटी इन्टरनेट सेवा आवरुद्ध पारेको सन्दर्भमा नेपाल दूरसंचार प्राधिकरणको अत्यन्त जरुरी सूचना

नेपाल विधुत प्राधिकरणले जथाभावी रुपमा अप्टिकल फाइवर काटी इन्टरनेट सेवा आवरुद्ध पारेको सन्दर्भमा नेपाल दूरसंचार प्राधिकरणको

अत्यन्त जरुरी सूचना

नेपाल विधुत प्राधिकरणबाट राज्यका विभिन्न स्थानहरुमा जथाभावी ढंगले Optical Fiber  काटी दिदा राज्यका धेरै स्थानहरुमा Internet सेवा अवरुद्ध हुन पुगेको प्रति यस प्राधिकरणको गम्भिर ध्यानाकर्षण हुन पुगेको छ |

इन्टरनेट सेवा प्रदायक संघ नेपाल र नेपाल विधुत प्राधिकरण बीच पोल भाडा दर विवाद समाधान गर्न संचार तथा सूचना प्रविधि मन्त्रालय, यस प्राधिकरण, नेपाल विधुत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ नेपाल विच छलफल गरी विवाद समाधान गर्न प्रयास भै रहेको अवस्थामा अनायास Optical Fiber काट्दा राज्यको अति आवश्यक सेवा अवरुद्ध पारिएको छ | दूरसंचार ऐन, २०५३ अनुसार कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था छ | यसरी दूरसंचार सेवा अवरुद्ध गर्ने कार्य  प्रति यस प्राधिकरण दुख: व्यक्त गर्दछ|

अत: राज्यको अति आवश्यक सेवाको अवरुद्ध गर्ने जो कोहीलाई कानुनी कारवाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्वन्धित सबैलाई अनुरोध गर्दछौ | साथै हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने हुदा सबै पक्ष वसी आपसी छलफलबाट समस्याको समाधान गरी इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन  नेपाल विधुत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ नेपाल तथा सम्वन्ध सबै पक्षमा हार्दिक अनुरोध गर्दछौ |

 

नेपाल दूरसञ्चार प्राधिकरण
कान्तिपथ, जमल ,काठमाडौँ
जि.पि.ओ. बक्स: ९७५४
फोन: +९७७-१-५३५५४७४
फ्याक्स: +९७७-१-५३५५२५०
इमेल: info@nta.gov.np
वेबसाइट: www.nta.gov.np