फुटसल प्रतियोगिता आयोजना सम्बन्धी सूचना

फुटसल प्रतियोगिता आयोजना सम्बन्धी सूचना

नेपाल दूरसंचार प्राधिकरणको २५ औ वार्षिकोत्सव “रजत जयन्ती” को अवसरमा यस प्राधिकरणले दूरसंचार सेवा प्रदायकहरु बीच “नेपाल दूरसंचार प्राधिकरण कप” फुटसल (Knock-out) प्रतियोगिता आयोजना गर्न लागेकोले उल्लेखित खेल प्रतियोगितामा सहभागीताको लागि सम्पूर्ण सेवा प्रदायकहरुलाई यसै सूचनाबाट जानकारी गराइन्छ | उक्त खेलमा सहभागी हुन इच्छुक दूरसंचार सेवा प्रदायकले आफ्नो संस्थामा कार्यरत कर्मचारीहरु मध्येबाट सात खेलाडीहरु सम्मेलित एक टोलीको नामावली र सम्पर्क व्यक्ति (मोवाइल नम्बर सहित) तोकी २०७९ माघ २० गते भित्र यस प्राधिकरणमा उपलब्ध गराईदिनुहुन समेत अनुरोध गरिएको छ |

नेपाल दूरसंचार प्राधिकरण
राष्ट्रिय नाचघर, जमल, काठमाडौं |
फोन नं. ९७७-१-५३५५४७४ ईमेल info@nta.gov.np
Website : www.nta.gov.np