सूचना प्रविधि प्रयोगशाला स्थापना सम्बन्धी प्राधिकरणबाट जारी प्रेस विज्ञप्ति

सूचना प्रविधि प्रयोगशाला स्थापना सम्बन्धी प्राधिकरणबाट जारी
प्रेस विज्ञप्ति

नेपाल सरकारको डिजिटल नेपाल अभियानमा समेत टेवा पुग्ने गरी सूचना तथा संचार प्रविधिको अधिकतम प्रयोग गरी सामुदायिक बिध्यालयमा गरिने शिक्षण विधिलाई गुणस्तरीय एवम् प्रतिस्पर्धी बनाउन सूचना प्रविधि प्रयोगशाला स्थापना गरी सामुदायिक बिध्यालयहरुलाई सूचना प्रविधिमैत्री बनाउने उदेश्यले नेपाल सरकारको निर्देशन तथा सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यविधि, २०७५ अनुसार प्रत्येक संघीय निर्वाचन क्षेत्रमा कम्तिमा ४ वटा सामुदायिक बिध्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्नको लागि श्री संचार तथा सुचना प्रविधि मन्त्रालयबाट एक हजार सामुदायिक बिध्यालय छनौट भई प्राधिकरणमा प्राप्त भएकोमा प्राधिकरणबाट उल्लेखित बिध्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यविधि समेतका आधारमा खरिद ऐन तथा प्राधिकरणको खरिद सम्बन्धी बिनियामवालीको अधिनमा रही बोलपत्र आवहान तथा मुल्यांकन भई छनौट भएको संस्था OBCI/MAX/NEPA (JV) संग ९३० बिध्यालयमा सुचना प्रविधि प्रयोगशाला स्थापना गर्नको लागि मिति २०७६|०५|२५ मा सम्झौता (Supply, Installation & Commissioning of Equipment’s to Establish IT Labs in 930 Government High Schools of 7 Provinces, Contract No. IFA No.01/NTA/ITL-2075/76) भई कार्य अघि बढाएको हो | COVID-19 को विषम परिस्थितिमा कतिपय बिध्यालयहरु क्वारेन्टिनका रुपमा समेत प्रयोगमा आएका तथा बन्दाबन्दीका कारणले बिध्यालय बन्द अवस्थामा समेत रहेको सन्दर्भमा बिध्यालय सुचारु भएको ४५ दिन भित्र कार्य सम्पन्न गर्ने गरी उक्त सम्झौताको समयावधि प्राधिकरणबाट थप गरिएको अवस्था छ | हालसम्म ८९८ वटा बिध्यालयमा तोकिएका उपकरण पुर्याईसकिएको तथा ७२५ बिध्यालयहरु(सुची लिंकमा उपलब्ध)मा आवश्यक उपकरण जडान भई सूचना प्रविधि प्रयोगशाला स्थापना भइसकेको जानकारी Supplier बाट प्राधिकरणमा प्राप्त भएको अवस्था छ |
आपूर्तिकर्ता संस्थाबाट सम्झौता बमोजिम कार्य भए नभएको सम्बन्धमा जांचबुझ गरी यकिन गर्न प्राधिकरणबाट नियुक्त गरिएका परामर्शदाताबाट सम्झौता बमोजिमका कूल बिध्यालयको ५०% विद्यालयमा अनुगमन तथा निरीक्षण कार्य सम्पन्न गरी प्राधिकरणमा प्राप्त प्रतिवेदन अनुसार उल्लेखित ५०% विद्यालयमा निज आपूर्तिकर्ता संस्थाको कार्य सन्तोषजनक नै पाइएको छ | COVID 19 को विषम परिस्थितिको कारणले नेपाल सरकारले २०७६ फाल्गुन देखि गोष्ठी तथा सभा सम्मेलन लगायतको कार्यमा प्रतिबन्ध लगाएको तथा बन्दाबन्दीको अवस्था समेत हुन गएकोले आपूर्तिकर्ता संस्थाबाटबाट तालिम प्रदान गर्ने कार्य हुन नसकी उक्त कार्य बाँकि रहेको छ | सभा सम्मेलन तथा गोष्ठी गर्ने कार्यमा नेपाल सरकारबाट लगाईएको प्रतिवन्ध फुकुवा हुने वित्तिकै सम्पूर्ण जिल्लाहरुमा तोकिएको बमोजिम तालिम प्रदान गर्ने गरी हाललाई तालिम वापतको रकम समेत रोक्का गरी कूल सम्झौताको करिब ३०% रकम आपूर्तिकर्ता संस्थालाई भुक्तानी गरिएको अवस्था छ | सूचना प्रविधि प्रयोगशाला जडान कार्य सम्पन्न भएका स्थानहरुमा सम्बन्धित बिध्यालयसंग भएको समझदारी (MOU) अनुसार केहि समस्या वा गुनासो/प्रतिक्रिया भए प्राधिकरणको तपसिल बमोजिम ठेगानामा उपलब्ध गराई नेपाल सरकारको डिजिटल नेपाल को अवधारणालाई समेत टेवा पुर्याउन सरोकारवाला सबैमा प्राधिकरण हार्दिक अनुरोध समेत गर्दछ |

सम्पर्क ठेगाना:
नेपाल दूरसञ्चार प्राधिकरण
कमलादी,काठमाडौँ ,नेपाल
जि.पि.ओ. बक्स: ९७५४
फोन: +९७७-१-४२५५४७४
फ्याक्स: +९७७-१-४२५५२५०
इमेल: info@nta.gov.np


मिन प्रसाद अर्याल
प्रबक्ता
नेपाल दूरसंचार प्राधिकरण
२०७७|५|२६