प्रेस विज्ञप्ति

नेपाल दूरसञ्‍चार प्राधिकरण
जमल, काठमाडौँ
प्रेस विज्ञप्ति

नेपालको दूरसंचार क्षेत्रमा भइरहेको Revenue Assurance, Fraud detection तथा Quality assurance गर्ने उद्धेश्यले अन्तरास्ट्रिय प्रतिस्पर्धा मार्फत नियमानुसार खरिद गरेको International Call Monitoring System ( Probes, Customized drive test equipment and it’s Accessories) लाइ भन्सारवाट छुटाउन प्राधिकरणको नेतृत्वलाइ दवाव तथा यसको वास्तविकतालाई तोडमोड गर्ने गरी केहि मिडियाहरुमा प्रकाशित तथ्य हिन समाचार प्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण हुन गएको छ |

सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी गरिएको Standard Bidding Document अनुसार नै आशय पत्र माग गरी छनौट भएको संस्थाहरुबाट प्राविधिक र आर्थिक प्रस्ताव माग गरिएको र सम्मानित सर्वोच्च अदालतको फैशला पश्चात नयाँ प्रविधि अनुसारको प्रस्ताव गरे भन्दा थप सेवा, Software तथा उपकरण समेत प्राप्त गरी खरिद गर्ने सम्झौता Vanrise solutions sal offshore , Beirut, Lebanon संग सम्झौता गरिएको तथा नेपाली बजारमा नपाउने उपकरणहरु तथा यस Project मा मात्र प्रयोग गर्न सक्ने विशेष प्रकारको उपकरणहरु ( V-Probe appliance for voice and SMS Traffic- 109 set , Laptop with Drive Test KIT and Control Panel- 2set and Cell Phone-8 Set) LGB Bank sal, Lebanon को नामबाट L/C मार्फत ल्याउन लागिएको व्यहोरा जानकारी गराईन्छ |

उपरोक्त व्यहोराको तथ्य भन्दा वाहिर गइ समाचार प्रकाशन नगरिदिन हुन र कसैलाई यस सम्बन्धमा थप जानकारी चाहिएमा प्राधिकरणको आधिकारिक व्यक्ति मार्फत विवरण लिई मात्र यस सम्वन्धि समाचार सम्प्रेषण गरीदिनु हुन अनुरोध गर्दछौ |

यस सम्बन्धमा केहि दिन अगाडी केहि मिडियाहरुमा निहित उद्धेश्यले प्रकाशित तथ्य हिन, कपोल कल्पित र भ्रमित समाचारको खण्डन गर्दछौ |