कोरोना(CoVID-19)को महामारी फैलिनबाट रोक्न आ-आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराई नेपाल सरकारको अभियानमा सहयोग गर्न नेपाल दूरसंचार प्राधिकरणबाट जारी प्रेश विज्ञप्ति

प्रेश विज्ञप्ति

कोरोना(CoVID-19)को महामारी फैलिनबाट रोक्न आ-आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराई नेपाल सरकारको अभियानमा सहयोग गर्न नेपाल दूरसंचार प्राधिकरणबाट जारी प्रेश विज्ञप्ति

 

हाल बिश्वब्यापी महामारीको रुपमा फैलिएको Novel Corona Virus (CoVID-19) को संक्रमण नेपालमा फैलिन नदिन संक्रमणको पहिचान गरी तत्काल परिक्षण तथा उपचार गर्न तपाईको स्वास्थ्यसंग सम्बन्धित केही प्रश्नहरु वा सो संग सम्बन्धित SMS दूरसंचार कम्पनीहरु नेपाल टेलिकम (NT), एनसेल प्रा.लि. (Ncell) र स्मार्ट टेलिकम प्रा.लि.(Smart Cell) मार्फत तपाईहरुले आ-आफ्नो मोबाइलमा प्राप्त गर्नुहुनेछ | सो प्राप्त भएपछि नेपाल टेलिकमको Short-code *1419# र एनसेलको Short-code *17100# डायल गरी आ-आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराई आफु, आफ्नो समाज र सम्पूर्ण देशलाई कोरोना (CoVID-19) बाट जोगाउने अभियानमा सहयोग गर्न अनुरोध गर्दछौ | स्मार्ट टेलिकम (Smart Cell) बाट आएको SMS को लागि सोही SMS मा निर्देशित कोड डायल गरी आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउन सकिन्छ | यसरी कुनै पनि कोड डायल गरी स्वास्थ्यसंग सम्बन्धित प्रश्नहरुको उत्तर पठाउँदा कुनै शुल्क नलाग्ने व्यहोरा पनि सबैमा जानकारी गराइएको छ |

नेपाल दूरसञ्चार प्राधिकरण
श्रीकुञ्ज भवन, कमलादी, काठमाण्डौ
फोन: ४255474 Fax: ४255250
Email: info@nta.gov.np
Website: www.nta.gov.np