सूचना प्रविधि प्रयोगशाला स्थापना सम्बन्धमा प्राधिकरणवाट जारी प्रेष विज्ञप्ति

सूचना प्रविधि प्रयोगशाला स्थापना सम्बन्धमा प्राधिकरणवाट जारी प्रेष विज्ञप्ति

विगत केहि दिनदेखि केहि दैनिक पत्रिका तथा अनलाइन मिडियाहरुले सूचना प्रविधि प्रयोगशाला स्थापना कार्यमा अनियमितता भएको भनी संप्रेषण गरेको समाचार प्रति यस प्राधिकरणको गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल सरकारको सूचना प्रविधि नीति, २०७२ वमोजिम शिक्षा क्षेत्रमा सूचना प्रविधिको उपयोग गरी डिजिटल नेपालको अभियान तथा नेपाल सरकारले लिएको दिगो विकासका लक्ष्यहरु प्राप्ति गर्न समेत टेवा पुग्ने अभिप्रायका साथ नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालय मार्फत निर्धारित सूचना प्रविधि प्रयोगशाला स्थापना तथा ब्यवस्थापन सम्बन्धी कार्यविधि, २०७५ वमोजिम हाल १००० वटा विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला स्थापना तथा ब्यवस्थापन गर्न प्राधिकरणले प्रचलित कानून वमोजिम नियमानुसार खरिद प्रकृया अपनाई सूचना प्रविधि प्रयोगशाला स्थापना तथा ब्यवस्थापन कार्य अघि वढाइएको हो । राज्यका सातवटै प्रदेशका ७७ जिल्ला तथा ७५३ वटै स्थानीय निकायमा सूचना प्रविधि प्रयोगशाला स्थापना, ब्यवस्थापन, ढुवानी, मर्मत तथा तालिम समेत प्रदान गर्ने गरी कार्य गर्न खरिद ऐन तथा प्राधिकरणको खरिद विनियमावलीको अधिनमा रही सार्वजनिक खरिद अनुगमन कार्यालय (Public Procurement Monitoring Office) ले तयार पारेको Standard Bidding Document मा बोलपत्रदाताको योग्यता निर्धारण गर्न तोकिएको गाइडलाइन्समा आधारित रही वोलपत्रदाताको न्यूनतम योग्यता निर्धारण गरी अधिकतम वोलपत्रदाता सहभागी हुने गरी राष्ट्रिय स्तरमा वोलपत्र आब्हन गरिएको ब्यहोरा सम्बन्धित सवैलाई जानकारी गराउँदछौं । प्रस्तावित कम्युटर Dell New Vostro 3671 Desktop, 9th Gen Intel@corei7-9700(8Core,12 MB Cache, up to 4.1 GHz with Intel@turbo) रहेको र उक्त कम्युटरको मूल्य निर्माताको Website मा समेत प्रस्ट हुँदा हुँदै अतिरन्जित गरी खरिद कार्यको सिलसिलामा अनियमितता भएको भनी संप्रेषित समाचारमा कुनै सत्यता नरहेको र पूर्णतः तथ्यहिन, निराधार, नियोजित, भ्रमपूर्ण तथा कपोतकल्पित रहेको ब्यहोरा स्पस्ट पार्दै यस्को प्राधिकरण पूर्णतः खण्डन गर्दछ । तसर्थ त्यस किसिमको भ्रामक समाचार सम्प्रेषण नगरी सम्बन्धित पक्ष गम्भिर भई सत्यतथ्यमा आधारित भएर मात्र समाचार सम्प्रेषण गर्न समेत प्राधिकरण हार्दिक अनुरोध गर्दछ ।

 

प्रवक्ता
नेपाल दूरसंचार प्राधिकरण
२०७६।१२।२८