प्रेस विज्ञप्ति

नेपाल दूरसञ्चार प्राधिकरण
जमल, काठमाडौ
प्रेस विज्ञप्ति

यहि २०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गरि अत्याबश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवालाई थप प्रभावकारीताका साथ संचालन गर्न र प्राविधिक कारणबाट सेवा प्रवाहमा अवरोध सृजना हुन नदिन तथा तत्काल मर्मत सम्भार गर्नु पर्ने अवस्था आइपरेमा तुरुन्त team mobilize गर्न सक्ने गरि व्यवस्थापन मिलाउन सम्पूर्ण सेवा प्रदायकहरुलाई जानकारी गराईन्छ | साथै निर्वाचन आयोगबाट जारी भएको आचार संहिता विपरित दूरसञ्चार सेवाको पूर्वाधार प्रयोग गर्न गराउन नदिन समेत सम्बन्धित सबैलाई जानकारी गराईन्छ |

नेपाल दूरसञ्चार प्राधिकरण
जमल, काठमाण्डौं ।
फोननं.ः ९७७–१–५३५५४७४, ५३५७१७
फ्याक्स्ः९७७–१–५३५५२५०
पो.ब.नं.: ९७५४
Email: ntra@nta.gov.np, Website: www.nta.gov.np