प्रेस विज्ञप्ति

नेपाल दूरसञ्चार प्राधिकरण
जमल काठमाडौँ

प्रेस विज्ञप्ति

हाल अधिकतम व्यक्तिको पहुँचमा रहेको दूरसञ्चार सेवामा हुने अपराधिक क्रियाकलापको निरीक्षण/न्युनीकरण गर्न, सेवा प्रदायकहरुको नेटवर्कबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको मात्रा मापन गरी सो बाट प्राप्त हुने राजश्व यकिन गर्न तथा सेवाको गुणस्तर जाँच गर्ने उदेश्यले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मार्फत खरिद गरिएको Telecommunication Traffic Monitoring and Fraud Control System (Probing Server, Customized Drive Test Equipment and its Accessories) सम्बन्धमा “दूरसञ्चार प्राधिकरणमा सेटिङ, १ अर्ब १५ करोडका उपकरण, एउटै ल्यापटपको ६५ लाख” शिर्षक राखी वास्तविकतालाई तोडमोड गर्दै जनमानसमा भ्रम सिर्जना हुने गरी केही राष्ट्रिय दैनिक पत्रिकाहरुमा प्रकाशित समाचार प्रति यस प्राधिकरणको गम्भिर ध्यानाकर्षण भएको छ।
समाचारमा उल्लेख भए अनुसार ६५ लाख मूल्यको ल्यापटपको विषयमा उक्त ल्यापटप Customized Drive Test Equipment (नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको दूरसञ्चार सेवाको गुणस्तर मापन सम्बन्धी विनियमावली, २०७३ मा उल्लेखित Key Performance Indicators (KPI) हरु मापन गर्नका लागि प्रयोग गरिने Hardware (including Laptops) र Software) भएको साथै त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प. स. २०७९/८० (मूल्याङ्कन) च. नं. ३९० मिति २०७९/०७/१८ को पत्र अनुसार Probing Server को सम्बन्धमा नियन्त्रण गर्ने उपकरणको भन्सार उपशिर्षक ९०३२.८९.०० मा लाग्ने भन्सार महशुल र मूल्य अभिवृद्धि कर धरौटी राखी मालवस्तु वर्गीकरणको भन्सार उपशिर्षक यकिनको लागि भन्सार विभागलाई लेखि पठाउनु पर्ने व्यहोराको पत्र प्राप्त भए पश्चात यस प्राधिकरणले यस सम्बन्धी विज्ञबाट तेस्रो पक्षीय परीक्षण गराउँदा उक्त उपकरण V-Probe Server नै भएको पाइएको छ। लामो समय सम्म यस्ता संवेदनशील उपकरणहरु भन्सारमा रही प्रयोगमा नआउदाँ उक्त उपकरणहरु विग्रिने सम्भावना रहनुका साथै परियोजना समयमा सम्पन्न हुन नसक्दा यस परियोजनाबाट सिर्जित हुने लाभबाट राज्य तथा उपभोक्ताहरु समेत वञ्चित रहने व्यहोरा समेत जानकारी गराइन्छ।अतः उपरोक्त व्यहोराको तथ्य भन्दा बाहिर गई समाचार सम्प्रेषण नगरिदिनु हुनका साथै कसैलाई यस सम्बन्धमा थप जानकारी आवश्यक भएमा प्राधिकरणको आधिकारीक व्यक्ति मार्फत विवरण लिएर मात्रै यस सम्बन्धी समाचार सम्प्रेषण गरिदिनु हुन अनुरोध छ।

जि.पि.ओ. बक्स: ९७५४, जमल,काठमाण्डौ, नेपाल
फोन नं. ०१-५३५५४७४ ई-मेल: info@nta.gov.np, ntra@nta.gov.np वेवसाइट: www.nta.gov.np