मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सम्बन्धमा नेपाल दूरसञ्‍चार प्राधिकरणवाट जारी प्रेष विज्ञप्ति

नेपाल दूरसञ्‍चार प्राधिकरण

जमल,काठमाडौँ ।

 प्रेस विज्ञप्ति

प्रकाशित मितिः २०८०/०८/०८

मोबाइल उपकरणहरूको आयात, प्रयोग तथा विक्रि वितरणलाई थप व्यवस्थित गर्न, हराएका तथा चोरी भएका मोबाइल सेटहरूको ट्रयाक तथा ब्लक गर्न तथा प्रमाणीक मोबाइल सेटहरू पहिचान गरी Equipment Identity Registration (EIR) प्रणालीको कार्यान्वयन गर्नका लागि प्राधिकरणबाट सञ्चालनमा ल्याईएको पोर्टल mdms.nta.gov.np मा दर्ता नभई प्रणाली बाहिर ग्रे लिष्टमा रही सञ्चालनमा रहेका मोबाइल फोनसेटहरू लाई प्राधिकरणको मोबाइल डिभाइस व्यवस्थापन विनियमावली, २०७५ बमोजिम क्रमशः ब्लक गर्ने कार्यको शुरूवात गरिएको सम्बन्धमा “उपकरण नजोड्दै एमडीएमएड लागू गरेको घोषणा” शिर्षक राखि विभिन्न माध्यमबाट प्रकाशित तथ्यहिन समाचारप्रति प्राधिकरणको ध्यान आकृष्ट भएको छ। समाचारहरूमा उल्लेख भएजस्तो प्राधिकरणले  कुनै उपकरण नल्याएको भन्ने विषयमा कुनै सत्यता नरहेको र एमडिएमएस परियोजना अन्तर्गत Secondary Site (GIDC, Singhadurbar) का लागि आवश्यक हार्डवयेर उपकरणहरू आयात भई जडान भएको, प्रणाली अन्तर्गतको Importers’ Module र Consumer Module तयार भएको, एमडिएमएस प्रणालीलाई भन्सार विभागले सञ्चालनमा ल्याएको नेपाल राष्ट्रिय एकद्वार प्रणालीसगं आवद्व गरिएको तथा Primary Site मा रहने कन्टेनर तथा केही विद्युतीय उपकरणहरू मात्र आयातको क्रममा रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।साथै प्राधिकरणमा हुने काम कारबाहीबारे खबर सम्प्रेषण गर्दा सत्य तथ्यमा आधारित भई गरिदिनु हुन समेत सम्बन्धित सबैमा अनुरोध छ।