ISM Band मा उपकरण प्रयोग सम्बन्धी सूचना

ISM Band मा उपकरण प्रयोग सम्बन्धी सूचना

ग्रामीण दूरसञ्चार विकास कोष (RTDF)  परिचालन गरी संचालित ब्रोडब्याण्ड एक्सेस नेटवर्क परियोजना अन्तर्गत जडान भएका ISM Band मा सञ्चालन हुने उपकरणहरु रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिबाट निर्धारित Band भन्दा बाहिर प्रयोग गर्ने गरेको पाइएकोले त्यस्ता उपकरणहरु मार्फत सेवा सञ्चालन  गर्दा तपसिल बमोजिमको परिधिमा रही प्रयोग गर्न/गराउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। तपसिलमा उल्लेख भए बमोजिमको परिधि भन्दा बाहिर फ्रिक्वेन्सी प्रयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही अगाडी बढाइने समेत जानकारी गराइएको छ। यस सम्बन्धी जानकारी यस प्राधिकरणको वेभ साइट www.nta.gov.npमा राखिएको छ।

तपसिलः

  • निम्न अनुसारको फ्रिक्वेन्सी व्याण्डहरुमा सेवा प्रदायकहरुले रेडियो मोडेम मार्फत सेवा सञ्चालन गर्नु पर्ने।

2.4 GHz Band:2.4 GHz to 2.4835 GHz

5.1 GHz Band:5.15 GHz to 5.35 GHz

5.8 GHz Band:5.725 GHz to 5.825 GHz

  • उपरोक्त फ्रिक्वेन्सी व्याण्डमा प्रयोग हुने फ्रिक्वेन्सीमा एकाधिकार (Exclusive Right)हुने छैन।उक्त फ्रिक्वेन्सी प्रयोग गर्दा Non-protection तथा Shared Basisमा प्रयोग गर्नु पर्ने।
  • 2.4 GHzतथा 5.8 GHZ व्याण्डमा तल उल्लेखित Transmitter Power तथा Effective Isotropic Radiated Power (EIRP)को अधिनमा रही प्रयोग गर्नु पर्ने।
Maximum out power of Transmitter 1W (30dBm)
Maximum Effective Isotropic Radiated Power 4W(36 dBm)

४.      5.1 GHzव्याण्डलाईभने निम्न अनुसार हुने गरी Wireless Access System(WAS)/Radio Local Area Network (RLAN)मा प्रयोग गर्नु पर्ने।

Frequency Band Power Limits Operational Restrictions
5.15-5.25 GHz Maximum Mean EIRP = 200mW

 

Maximum mean effective radiated Power density of 10 mW/MHz in any 1 MHz Bandwidth

Devices shall be restricted to indoor operations in order to reduce any potential for harmful interference to other operations in this band
5.25-5.35 GHz Maximum mean EIRP = 200 mW

 

Maximum mean effective radiated Power density of 10 mW/MHz in any 1 MHz Bandwidth

Maximum mean EIRP = 1 W*

Maximum mean effective radiated power density of 50 mW/MHz Bandwidth

Operated predominantly indoors

 

*Permited to be used either indoors or outdoors

*Shall comply to employ antenna elevation mask for EIRP levels higher than 200 mW but not exceeding 1 W

 

नेपाल दूरसञ्चार प्राधिकरण
कमलादी,काठमाडौँ ,नेपाल
जि.पि.ओ. बक्स: ९७५४
फोन: +९७७-१-४२५५४७४
फ्याक्स: +९७७-१-४२५५२५०
इमेल: info@nta.gov.np