विदेशी दूरसञ्चार सेवा प्रदायकहरुका सिमकार्ड तथा रिचार्ज कार्डहरू आयात गरी विक्री/वितरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
प्रकाशित मिति: २०८१/११/०८
विदेशी मुलुकहरुका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको सिमकार्ड र रिचार्ज कार्डहरु विदेश यात्रा गर्ने व्यक्तिहरुलाई लक्षित गरी नेपालमा विक्री/ वितरण गर्नको लागि यस प्राधिकरणबाट No-Objection प्राप्त गर्नुपर्ने व्यवस्था रहेकोले तत् तत् देशहरुमा जाने व्यक्तिहरुलाई सिमकार्ड र रिचार्ज कार्डहरु बिक्री/वितरण गर्ने सम्बन्धित व्यक्ति/संस्थाहरुले यस प्राधिकरणबाट No-Objection लिएर मात्र बिक्री बितरण गर्नु / गराउनु हुन सम्बन्धित सरोकारवालाहरुलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ ।
![]() ![]() |
नेपाल दूरसञ्चार प्राधिकरण अनुमतिपत्र व्यवस्थापन शाखा जमल, काठमाडौं। फोन नं. ९७७-०१-५३५४६८१, फ्याक्सः ९७७-०१-५३५५२५० Email: ntra@nta.gov.np, URL: www.nta.gov.np |