इन्टर्नेट (इमेलसहित) सेवाको अनुमतिपत्र खारेज गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८१/११/०८
नेपाल दूरसञ्चार प्राधिकरणबाट श्री टेलनेट इन्टर्नेट प्रा. लि. (Telnet Internet Pvt. Ltd.), पोखरा महानगरपालिका-८, सिमलचौर, कास्कीलाई मिति २०७१।११।०१ मा प्रदान गरिएको इन्टर्नेट (इमेल सहित) सेवाको अनुमतिपत्र (फि.ज.१.७७) नवीकरणका लागि तोकिएको समयावधि भित्र नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम मिति २०८१/११/०१ देखि स्वतः रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै उक्त प्रा.लि.ले नियमानुसार तिर्न/बुझाउन पर्ने रकमका सम्बन्धमा यो सूचना जारी भएको मितिले ३० दिन भित्र यस कार्यालयमा सम्पर्क गर्न समेत सुचित गरिएको छ | अन्यथा प्रचलित कानून अनुसार कारवाही प्रक्रिया अगाडी बढाईने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ।
![]() ![]() |
नेपाल दूरसञ्चार प्राधिकरण अनुमतिपत्र व्यवस्थापन शाखा जमल, काठमाडौं। फोन नं. ९७७-०१-५३५४६८१, फ्याक्सः ९७७-०१-५३५५२५० Email: ntra@nta.gov.np, URL: www.nta.gov.np |