स्पेक्ट्रम

दूरसञ्चार सेवामा फ्रिक्वेन्सी सिमित स्रोतको रुपमा रहेको छ। फ्रिक्वेन्सीको कतिपय अंशहरु (स्पेक्ट्रम) को माग उपलव्धताको तुलनामा अत्याधिक हुन्छ भने विभिन्न स्पेक्ट्रमहरुको माग तुलनात्मक रुपमा न्यून हुन्छ। दूरसञ्‍चार ऐन, २०५३ को दफा ४९ मा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको व्यवस्था गरिएको छ जसले रेडियो फ्रिक्वेन्सी सम्बन्धी नीति निर्धारण गर्ने, विभिन्न सेवाको लागि रेडियो फ्रिक्वेन्सी निर्धारण तथा बाँडफाँट गर्ने, रेडियो फ्रिक्वेन्सीको मूल्य नीति तय गर्ने लगायतका कार्यहरु गर्दछ। साथै, दूरसञ्चार नियमावली, २०५४ को नियम २९ र ३० मा भएको व्यवस्थाहरु बमोजिम समितिले निर्धारण तथा बाँडफाँट गरेको फ्रिक्वेन्सीको अधिनमा रही यस प्रधिकरणले दूरसञ्चार सेवाको लागी प्रयोग हुने फ्रिक्वेन्सी तोक्ने, वितरण गर्ने, फ्रिक्वेन्सी प्रयोग गर्दा पालन गर्नुपर्ने शर्तहरु तोक्ने, शर्तहरु अनुरुप फ्रिक्वेन्सी प्रयोग गरे नगरेको जाँचबुझ तथा अनुगमन गर्ने लगायतका कार्यहरु गर्दछ।

स्पेक्ट्रम लिलाम बढाबढ सम्बन्धी बोलपत्र