तार व्यवस्थापन सम्वन्धमा
नेपाल दूरसञ्चार प्राधिकरणको
प्रेस विज्ञप्ति
टेलिफोन तथा इन्टरनेट लगायतका तारहरु सडक किनारका पोलहरुमा व्यवस्थित गर्ने सम्वन्धमा विभिन्न संचार मध्यममा प्रकाशित समाचारहरु प्रति यस प्राधिकरणको गम्भिर ध्यानाकर्ष भएको छ |
दशकौ देखि टाँगीएका र सेवा प्रवाह भईरहेको तार एकै पटक व्यवथापन गर्न कठिनाई हुने साथै दूरसंचार सेवा अवरुद्ध नहुने गरी यसको व्यवस्थापन गर्न निम्न वमोजिमको कार्यहरु अगाडी बढाइएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि अनुरोध छ |
१. दीर्घकालीन रुपमा तार लगायत अन्य युटिलिटीहरुको व्यवस्थापनको लागि सडक निर्माण हुदाँ युटिलिटी डक्टको व्यवस्था गर्न आवश्यक कानुन निर्माण भईरहेको छ |
२. दूरसंचार पूर्वाधार सेवा प्रदायकको व्यवस्था गर्न नेपाल सरकारलाइ यस अगाडिनै सिफारिस भई नियमावली पारित हुने अन्तिम चरणमा रहेकोले अव्यवस्थित तारको व्यवस्थान हुनुको साथै दोहोरो लगानीको समेत अन्त्य हुने कार्य भईरहेको छ |
३. अव्यवस्थित रुपमा रहेको तारहरुलाई अल्पकालीनरुमा व्यवस्थापन गर्ने क्रमममा महानगरपालिका, इन्टरनेट सेवा प्रदायक संघ नेपाल र प्राधिकरण समेतको सहकार्यमा सिंहदरवार वरिपरी, पुतलीसडक, कमलादी, ठमेल, एयरपोर्ट, माइतीघर लगायत पाटन दरवार क्षेत्रको प्रयोगमा नरहेको तार हटाई बंडलिंग गरिएको छ |
प्राथमिकताको आधारमा अन्य रुटमा समेत Plan बनाई तार व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइने व्यहोरा समेत सम्वन्धित सबैको जानकारी लागि अनुरोध छ | साथै इन्टरनेट सेवा अति आवश्यक सेवा भएको र यसको पूर्वाधारमा क्षति पुग्न जादा बैंक, हवाईसेवा, नेपाल सरकारबाट नागरिक लक्षित गरी प्रदान गर्दै आएका online services अवरुद्ध हुन जाने र यसको पूर्वाधारमा क्षतिपुर्याउने कार्य दूरसंचार ऐन, २०५३ अनुसार दण्डनीय समेत हुने हुनाले यसको पूर्वाधारमा क्षति पुग्ने कार्य नगर्न/ नगराउन तथा यसको व्यवस्थापन कार्यमा सेवा प्रदायक र प्राधिकरणबाट भइरहेको कार्यलाई सघाउ पुर्याईदिनु हुन हार्दिक अनुरोध गर्दछौ |
नेपाल दूरसंचार प्राधिकरण
जमल,काठमाण्डौ
जि.पि.ओ. बक्स: ९७५४, जमल,काठमाण्डौ, नेपाल
फोन नं. ०१-५३५५४७४ ई-मेल: info@nta.gov.np, ntra@nta.gov.np
वेवसाइट: www.nta.gov.np