इन्टरनेट (ईमेल) सेवाको अनुमतिपत्र सम्बन्धि अत्यन्त जरुरी सूचना

इन्टरनेट (ईमेल) सेवाको अनुमतिपत्र सम्बन्धि अत्यन्त जरुरी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८१/०४/२७

नेपाल दूरसञ्चार प्राधिकरणबाट श्री इन्फोकम प्रा.लि., हात्तिसार, काठमाडौलाई मिति २०५६/०३/१५ मा प्रदान गरिएको इन्टर्नेट (इ-मेल सहित) सेवाको अनुमतिपत्र (अनुमतिपत्र नं. फि.ज. १-०९) को समयावधि मिति २०८१/०३/१४ सम्म रहेकोमा निज सेवा प्रदायकले थप सेवा संचालन गर्न नचाहेको जानकारी गराएको हुँदा निजलाई प्रदान गरिएको अनुमतिपत्रको अवधि दूरसञ्चार ऐन, २०५३ को दफा २५ (१) बमोजिम समाप्त भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै श्री इन्फोकम प्रा.लि.ले आ.वा.२०८०/८१ को अडिटेड वित्तीय विवरण अनुसार तिर्न/बुझाउन पर्ने ग्रामिण दूरसञ्चार विकास कोष तथा रोयल्टी दस्तुर वापतको रकम यथाशिघ्र बुझाई प्राधिकरणमा सम्पर्क गर्न समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरण

अनुमतिपत्र व्यवस्थापन शाखा

जमल, काठमाडौं।

फोन नं. ९७७-०१-५३५४६८१, फ्याक्सः ९७७-०१-५३५५२५०

Email: ntra@nta.gov.np, URL: www.nta.gov.np