इन्टरनेट (ईमेल) सेवाको अनुमतिपत्र खारेज गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८१/१२/०८
नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टर्नेट (इ-मेल सहित) सेवाको अनुमतिपत्र प्राप्त संस्था नेपाल वायरलेस (Nepal Wireless), राम्चे, म्याग्दीले अनुमतिपत्र (अनुमतिपत्र नं. ग्रामीण-५) नवीकरणको लागि तोकिएको अवधि भित्र निवेदन पेश नगरेको तथा नियमानुसार नविकरण दस्तुर समेत नबुझाएकोले उक्त सेवा प्रदायकलाई प्रदान गरिएको इन्टर्नेट (इ-मेल सहित) सेवाको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम मिति २०८१/११/१९ देखि स्वतः खारेज भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै यस प्रा.लि.ले नियमानुसार तिर्न/बुझाउन पर्ने रकमका सम्बन्धमा यो सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र यस कार्यालयमा सम्पर्क गर्न सुचित गरिएको छ अन्यथा प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अगाडी बढाईने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।
![]() ![]() |
नेपाल दूरसञ्चार प्राधिकरण अनुमतिपत्र व्यवस्थापन शाखा जमल, काठमाडौं। फोन नं. ९७७-०१-५३५४६८१, फ्याक्सः ९७७-०१-५३५५२५० Email: ntra@nta.gov.np, URL: www.nta.gov.np |