नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र खारेज गरिएको सम्बन्धि अत्यन्त जरुरी सूचना

नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र खारेज गरिएको सम्बन्धि अत्यन्त जरुरी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८१/०४/२९

नेपाल दूरसञ्चार प्राधिकरणबाट श्री पर्सा टेलिकम्यूनिकेसन प्रा.लि., बिरगंज-८, पर्सालाई मिति २०७६/०४/२२ मा प्रदान गरिएको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र (अनुमतिपत्र नं. भि.ज.६-२४) को समयावधि मिति २०८१/०४/२१ सम्म रहेकोमा निज सेवा प्रदायकले दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम उक्त अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र निवेदन पेश नगरेकोले निजलाई प्रदान गरिएको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र (भि.ज.६-२४) दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम स्वतः रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण

अनुमतिपत्र व्यवस्थापन शाखा

जमल, काठमाडौं।

फोन नं. ९७७-०१-५३५४६८१, फ्याक्सः ९७७-०१-५३५५२५०

Email: ntra@nta.gov.np, URL: www.nta.gov.np