नेपाल दूरसञ्चार प्राधिकरणको
दूरसञ्चार सेवा प्रदायकहरुलाई जारी गरिएको सूचना
सार्वजनिक स्थानहरुमा वाईफाई हटस्पट (WiFi Hotspot) को बृहत्तर प्रयोग बढ्दै गर्दा , सँगसँगै यसको दुरुपयोग पनि बढ्ने र यसको प्रयोगले सुरक्षा खतरा पनि निम्त्याउने भएकोले यसको दुरुपयोग रोक्न र सुरक्षालाई सुदृढ बनाउन आवश्यक देखिएकोले नेपाल दूरसञ्चार प्राधिकरणबाट “ वाईफाई हटस्पट सञ्चालन सम्बन्धी विनियमावली ,२०७५” पारित भएको छ | अत : उक्त विनियमावली अनुसार कार्य गर्न / गराउन प्राधिकरणबाट निर्देशन जारी भएको व्यहोरा सूचित गरिन्छ | साथै उक्त विनियमावली प्राधिकरणको वेबसाईट (वाईफाई हटस्पट सञ्चालन सम्बन्धी विनियमावली, २०७५) मा उपलब्ध रहेको व्यहोरा जानकारी गराईएको छ |
नेपाल दूरसञ्चार प्राधिकरण
कमलादी , काठमाण्डौ, नेपाल |
फोन नं. ९७७-१-४२५५४७४,
फ्याक्स नं.९७७-१-४२५५२५०
URL: www.nta.gov.np , Email : ntra@nta.gov.np