नेपाल दूरसञ्चार प्राधिकरण
पदपूर्ति सम्बन्धि सूचना
प्रथम पटक प्रकाशित मिति २०६६/०९/०३
नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त रहेको निम्न सेवा, समूहका पदहरुमा देहाय बमोजिम खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएकोले नेपाल दूरसञ्चार प्राधिकरण (कर्मचारीको सेवाका शर्त सम्बन्धि) विनियमावली, २०६४ बमोजिम योग्यता पुगेका उम्मेदवारहरुले यो सूचना प्रथमा पटक प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र दरखास्त फाराममा हालसालै खिचेको पासपोर्ट साइजको फोटो (निर्दिष्ट ठाउंहरुमा) टांसी दरखास्त दिन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। दरखास्त दिने अन्तिम मितिले सात दिनभित्र दोब्बर दस्तूर तिरी दरखास्त बुझाउन सकिनेछ। रीत नपुगी वा म्याद नाघी आएको दरखास्त उपर कुनै कारवाही गरिने छैन।
क्र. सं.
|
विज्ञापन नं.
|
पद, सेवा, समूह र श्रेणी
|
प्रतियोगिताको किसिम
|
माग पद संख्या
|
न्यूनतम शैक्षिक योग्यता
|
परिक्षा मिति र समय
|
२.
|
२-०६६/६७
|
उप-निर्देशक, प्राविधिक सेवा, ईञ्जिनियरिङ्ग समूह, अधिकृत द्वितिय श्रेणी
|
खुल्ला प्रतियोगिता
|
१
|
मान्यता प्राप्त शिक्षण संस्थाबाट इलेक्ट्रोनिक्स तथा टेलिकम्युनिकेशन, रेडियो ब्रोडकास्टिङ्ग तथा रेडियो टेलिकम्युनिकेशन वा ईलेक्ट्रिकल ईञ्जिनियरिङ्ग विषयमा टेलिकम्युनिकेशन मुख्य विषय लिई स्नातकोत्तर तह उत्तिर्ण गरेको र सरकारी वा संगठीत संस्थामा अधिकृत स्तरमा ५ वर्षको सम्बन्धित क्षेत्रमा कार्य गरेको अनुभव भएको।
|
प्रथम पत्र, २०६६/११/०१ १३:०० बजे]
प्रथम पत्र, २०६६/११/०२ १३:०० बजे]
प्रथम पत्र, २०६६/११/०३ १३:०० बजे]
|
३.
|
३-०६६/६७
|
सहायक निर्देशक, प्राविधिक सेवा, ईञ्जिनियरिङ्ग समूह, अधिकृत तृतीय श्रेणी (महिला)
|
खुल्ला प्रतियोगिता
|
१
|
मान्यता प्राप्त शिक्षण संस्थाबाट इलेक्ट्रोनिक्स तथा टेलिकम्युनिकेशन, रेडियो ब्रोडकास्टिङ्ग तथा रेडियो टेलिकम्युनिकेशन वा ईलेक्ट्रिकल ईञ्जिनियरिङ्ग विषयमा टेलिकम्युनिकेशन मुख्य विषय लिई स्नातकोत्तर तह उत्तिर्ण गरेको।
|
प्रथम पत्र, २०६६/११/०४ १३:०० बजे]
प्रथम पत्र, २०६६/११/०५ १३:०० बजे]
प्रथम पत्र, २०६६/११/०६ १३:०० बजे]
|
४.
|
४-०६६/६७
|
सहायक निर्देशक, प्रशासन सेवा, अनुमतिपत्र समूहा, अधिकृत तृतीय श्रेणी
|
खुल्ला प्रतियोगिता
|
१
|
मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धि आधारभूत तालीम प्राप्त गरेको।
|
प्रथम पत्र, २०६६/११/०४ १३:०० बजे]
प्रथम पत्र, २०६६/११/०९ १३:०० बजे]
प्रथम पत्र, २०६६/११/१० १३:०० बजे]
|
५.
|
५-०६६/६७
|
सहायक निर्देशक, प्रशासन सेवा, उपभोक्ता तथा आर्थिक विश्लेषण समूह, अधिकृत तृतीय श्रेणी
|
खुल्ला प्रतियोगिता
|
१
|
मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र मुख्य विषय लिई स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण र कम्प्युटर सम्बन्धि आधारभूत तालीम प्राप्त गरेको।
|
प्रथम पत्र, २०६६/११/०४ १३:०० बजे]
प्रथम पत्र, २०६६/११/११ १३:०० बजे]
प्रथम पत्र, २०६६/११/१२ १३:०० बजे]
|
६.
|
६-०६६/६७
|
सहायक, प्रशासन सेवा, सहायक प्रथम श्रेणी (मधेशी)
|
खुल्ला प्रतियोगिता
|
१
|
मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धि आधारभूत तालीम प्राप्त गरेको।
|
प्रथम पत्र, २०६६/११/०१ १३:०० बजे]
प्रथम पत्र, २०६६/११/०२ १३:०० बजे]
प्रथम पत्र, २०६६/११/०३ १३:०० बजे]
|
द्रष्टव्य:
- दरखास्त फारम:- दरखास्त फारम रू. २०/- बुझाई नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय, त्रिपुरेश्वर, काठमाण्डौ बाट प्राप्त गर्न सकिनेछ।
- परिक्षा दस्तूर – अधिकृत द्वितीय श्रेणीको लागि रू. ८००/-, अधिकृत तृतीय श्रेणीको लागि रू. ५००/- र सहायक प्रथम श्रेणीको लागि रु. २५०/- नविल बैंकमा रहेको प्राधिकरणको खाता नं. 0106011664201 मा जम्मा गरेको बैंक भौचर संलग्न गर्नुपर्नेछ।
- सम्पर्क मिति: दरखास्त दिने अन्तिम मितिको भोलिपल्ट।
- परिक्षाको किसिम: लिखित, प्रयोगात्मक र अन्तर्वार्ता।
- दरखास्तसाथ पेश गर्नुपर्ने कागजात: नेपाल नागरिकताको प्रमाणपत्र तथा एस. एल. सी. र सो भन्दा माथिको शैक्षिक योग्यता तथा तालिमका प्रमाणपत्रको प्रतिलिपि १/१ प्रति दरखास्त साथ संलग्न गर्नुपर्नेछ। साथै विदेशी सिक्षण संस्थाबाट प्रमाणपत्र पाएका उम्मेदवारहरुले अनिवार्य रूपमा समकक्षताको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ।
- तलव र सुविधा: नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृत र प्रचलित विनियमानुसार हुनेछ।
- पदले गर्नुपर्ने काम: सम्बन्धित सेवा, समूहले गर्नुपर्ने कार्यहरु।
- प्रेवश पत्र: परिक्षा सञ्चालन हुनु पूर्व नै अनिवार्य रूपमा प्रेवश पत्र लिई सक्नु पर्नेछ। प्रेवसपत्र सम्पर्क मितिको दिनबाट प्राधिकरणको प्रशासन शाखाबाट वितरण गरिनेछ।
- परिक्षा केन्द्र: परिक्षा केन्द्र सम्पर्क मितिको दिनमा प्राधिकरणको सूचना पाटीमा टांस गरिनेछ।
- दरखास्त दिने अन्तिम मितिका दिन सार्वजनिक विदा पर्न गएमा सार्वजनिक बिदापछिको कार्यालय खुलेको दिनलाई दरखास्त दिने अन्तिम मिति मानिनेछ।
- पाठ्यक्रम प्राधिकरणको वेवसाइट www.nta.gov.np बाट प्राप्त गर्न सकिनेछ।
- शैक्किक योग्यता तथा उमेरको हकमा दोब्वर दस्तूरको लागि तोकिएको समय मान्य हुने छैन।
- विस्तृत योग्यता तथा उमेरको हकमा दोब्बर दस्तूरको लागि तोकिएको समय मान्य हुने छैन।
- उमेरको हद दरखास्ता दिने अन्तिम मितिसम्म (दोब्बर दस्तुरको समयलाई गणना गरिने छैन) महिला ४० तथा पुरुषको हकमा ३५ वर्ष ननाधेको।