नेपाल दूरसञ्चार प्राधिकरण
पदपूर्ति सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०६६।०१।१०
नेपाल दरसञ्चार प्राधिकरणमा रिक्त रहेको निम्न सेवा, समूहका पदहरुमा देहाय बमोजिम खुला प्रतियोगिता पदपूर्ति गरिने भएकोले नेपाल दूरसञ्चार प्राधिकरण (कर्मचारीको सेवा शर्त सम्बन्धी० बिनियमावली, २०६४) बमोजिम योग्यता पुगेका उम्मेदवारहरुले यो सूचना प्रथम पटक प्रकाशित मितिले ३० दिन भित्र दरखास्त फाराममा हालसालै खिचेको पासपोर्ट साइजको फोटो (निर्दिष्ट ठाउंहरुमा) टांसी दरखास्त दिन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। दरखास्त दिने अन्तिम मितिले सात दिनभित्र दोब्बर दस्तुर तिरि दरखास्त बुझाउन सकिनेछ। रीत नपुगी वा म्याद नाघी आएको दरखास्त उपर कारबाही गरिने छैन।