नेपाल दूरसञ्चार प्राधिकरण
त्रिपुरेश्वर काठमाडौं
मौजुदा सूची दर्ता गर्ने सम्बन्धमा
प्रथम पटक प्रकाशित मितिः२०६८।०३।२९
यस प्राधिकरणको लागि आ.व. २०६८÷०६९ को निमित्त आवश्यक निम्नानुसार सामान आपूर्ति तथा सेवा उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त दर्तावाल ब्यक्ति, फर्म, कम्पनी, एवं संस्थाहरुबाट सूची दर्ताको लागि यो सूचना प्रकाशित मितिले १५ (पन्ध्र) दिन भित्र यस प्राधिकरणमा दरखास्त दर्ता गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ । आफूले गर्न चाहेको कार्यको लागि विषयगत छुटटा छुटै दरखास्त दर्ता गराउनु पर्नेछ । रीत नपुगी र म्याद नाघि आएका निवेदनलाई मान्यता दिइने छैन । प्राप्त दरखास्तहरु सूचिकृत गर्ने वा नगर्ने अधिकार यस प्राधिकरणमा सुरक्षित रहने छ ।
- छपाइ ।
- स्टेशनरी सामान आपूर्ति ।
- अफिस सरसफाई कार्य ।
- काठ, बोर्ड, तथा मेटलका अफिस फर्निचर आपुर्ति तथा मर्मत सम्भार ।
- कम्प्यूटर, प्रिन्टर, यू. पि .यस., ब्याट्री आदि
- फ्याक्स मेशिन स्पेयर पार्टस, आपूर्ति तथा मर्मत सम्भार । टोनर आपूर्ति तथा मर्मत सम्भार ।
- खानेपानी आपूर्ति ।
- विज्ञापन एजेन्सी ।
- एयर कन्डिशन आपूर्ति तथा मर्मत सम्भार ।
- बिद्युतिकरण कार्य÷ मर्मत सम्भार ।
- विद्युतिय सामाग्री तथा उपकरण आपूर्ति
- चार प्राङ्गग्रे, दुई प्राङ्गगे सवारी साधनको स्पेयर पार्टस आपूर्र्ति तथा मर्मत सम्भार कार्य ।
- राष्ट्रिय तथा अन्र्तराष्ट्रिय हवाई टिकट आपूर्ति ।
दरखास्तसाथ पेश गर्नु पर्ने कागजात (योग्यताका आधारहरु)
- सम्बन्धित ब्यबसाय संचालन गर्न सरोकार निकाय÷संघ÷संस्थाले दिएको स्विीकृतीको प्रमाणपत्रको प्रमाणीत छायाप्रति । २.स्थायी लेखा नम्बर ÷ मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको नविकरण सहितको प्रमाणित छायाप्रति ३.आर्थिक बर्ष २०६६÷०६७ को कर चुक्ता प्रमाणपत्रको छायाप्रति४. सि.नं ३ र १० बाहेक अन्यको लागि कार्यानुभव – सि.नं. ८ र १३ को लागि ५ वर्षको कार्यानुभव जसमा ३ आर्थिक बर्ष नाफामा संचालन भएको हुनुपर्ने र अन्य सिं.नं.को हकमा २ बर्ष कार्यानुभव जस्मा १ बर्ष नाफामा संचालन भएको हुनुपर्ने । ५. पछिल्लो २ बर्षमा रु दश लाख बराबरको कारोवार गरेको प्रमाण ६. पछिल्लो २ बर्षमा कम्तीमा पनि एउटा सार्वजनिक निकायमा कारोवार गरेको प्रमाण ७. पेशागत कसुरमा कुनै सजाय पाए वा नपाएको ब्यहोराको लिखित जानकारी ।