अनुमतिपत्रबिना ईन्टरनेट लगायतका दूरसंचार सेवा संचालन नगर्ने/ नगराउने सम्बन्धी सूचना

///अनुमतिपत्रबिना ईन्टरनेट लगायतका दूरसंचार सेवा संचालन नगर्ने/ नगराउने सम्बन्धी सूचना

दूरसंचार ऐन २०५३ अनुसार नेपाल दूरसंचार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरेपछि मात्र नेपालभित्र ईन्टरनेट सेवा लगायत अन्य प्रकारको दूरसंचार सेवा संचालन गर्न सकिने भएकोले प्राधिकरणबाट अनुमतिपत्र नलिई कुनै पनि प्रकारको दूरसंचार सेवा संचालन नगर्न/नगराउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ | दूरसंचार ऐन बिपरित प्राधिकरणको अनुमतिबिना ईन्टरनेट सेवा वा अन्य कुनै दूरसंचार सेवा संचालन गरेको पाईएमा कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ।

अनुगमन विभाग
नेपाल दूरसञ्चार प्राधिकरण
श्री कुञ्ज भवन, कमलादी, काठमाडौ,नेपाल।
फोन नं:९७७-१-४२५५४७४
फ्याक्स नं:९७७-१-४२५५२५०
ई-मेलः ntra@nta.gov.np
गृहपृष्ठः www.nta.gov.np

2018-05-06T06:04:08+00:00 May 6th, 2018|Public Notices|