Request for Consultancy Services for preparing Accounting Separation Guidelines

///Request for Consultancy Services for preparing Accounting Separation Guidelines

Accounting Separation को लागि परामर्शदाता नियुक्तिको लागि सिलबन्दी दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०६५/१२/५

यस प्राधिकरणबाट दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले एक भन्दा बढी सेवा सञ्चालन गर्न अनुमतिपत्र लिएको सेवाको छुट्टा छुट्टै लेखा राख्‍नु पर्ने तथा प्राधिकरणमा सेवा प्रदायकहरुले आफुले सञ्चालन गरेको छुट्टा छुट्टै विभिन्न सेवाहरुको लागत देखिने गरी बुझाउनु पर्ने Reporting Format हरु समेत तयार गर्नु पर्ने भएकोले सो को लागि Accounting Separation Guideline तयार गर्न परामर्शदाता नियुक्ति गर्नु पर्ने भएकोले Chartered Accountant वा सो सरह भई १० वर्षँ Financial System Design, Costing Systemको अनुभव भएको व्यक्ति/र्फमले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा प्राधिकरणबाट तयार गरिएको ToR बमोजिमको कार्य गर्न एकमुष्ट रुपमा लिन चाहेको पारिश्रमिक र योग्यता, कार्य अनुभव आदि विवरण समेत खुलाई कार्यालय समय भित्र यस प्राधिकरणमा सिलवन्दी दरभाउपत्र पेश गर्नु हुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै परामर्शदाताले गर्नु पर्ने विस्तृत विवरण (ToR) यस प्राधिकरणको उपभोक्ता तथा आर्थिक विश्लेषण शाखा तथा प्राधिकरणको वेभ साइट www.nta.gov.np बाट प्राप्त गर्न सकिनेछ।
 

2017-05-29T17:25:27+00:00 June 8th, 2012|Public Notices|