९००/१८००/२१०० मेगाहर्ज व्याण्डको बाँकी फ्रिक्वेन्सी बढाबढ सम्बन्धी सूचना
यस प्राधिकरणवाट ९००/१८००/२१०० मेगाहर्ज व्याण्डको वाँकी फ्रिक्वेन्सी बढाबढ सम्बन्धमा प्रथम पटक मिति २०७५/०९/०४ गते विभिन्न राष्ट्रिय दैनिकहरुमा सूचना प्रकाशित गरिएकोमा सम्मानित श्री सर्वोच्च अदालतको आदेश बमोजिम मिति २०७५/०९/२३ गते प्रकाशित सूचना मार्फत स्थगित गरिएकोमा सम्मानित श्री सर्वोच्च अदालतको मिति २०७५/१०/३ गतेको आदेश बमोजिम ९००/१८००/२१०० मेगाहर्ज व्याण्डको बढाबढ प्रकृया पुन: सुचारु गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइएको छ |
उक्त फ्रिक्वेन्सी बढाबढ सम्बन्धी प्रि-बिड वैठक तथा निवेदन बुझाउने अन्तिम मिति देहाय बमोजिम कायम गरिएको व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइएको छ |
प्रि-बिड वैठक मिति : २०७५/१०/१३ गते अपरान्ह १२:०० बजे
निवेदन बुझाउने अन्तिम मिति: २०७५/१०/१७ गतेसम्म
नेपाल दूरसंचार प्राधिकरण
कमलादी काठमाडौँ , नेपाल
जी.पि.ओ. बक्स नं. ९७५४
फोन नं. +९७७-१-४२५५४७४
फ्याक्स :+९७७-१-४२५५२५०
इमेल: info@nta.gov.np/ ntra@nta.gov.np
वेभ साइट: www.nta.gov.np