प्रयोगशाला परिक्षण पद्धतिको प्रयोग गरि स्तर स्वीकृति गर्ने सम्वन्धमा
नेपाल दूरसञ्चार प्राधिकरणको सूचना
( प्रथम पटक प्रकाशित मिति: – २०७०-१०-२९)
यस नेपाल दूरसंचार प्राधिकरणले दूरसंचारका रेडियो टमिर्नल उपकरणहरुको प्रयोगशाला परिक्षण पद्धति प्रयोग गरी स्तर स्वीकृति (Type Approval) गर्ने सम्वन्धमा सम्भाव्यता अध्ययन समेत गरी तयार पारेको यस सम्वन्धी Consultation document सम्वन्धित सरोकारवालाहरुकोे राय सुझाव तथा प्रतिक्रिया लिने उद्देश्यले प्राधिकरणको वेवसाइट www.nta.gov.np सार्वजनिक गरिएको छ । प्राधिकरणबाट सार्वजनिक गरिएको उक्त Consultation Paper/CP Document1.pdf
उपर सरोकारवालाहरुबाट यस सूचना प्रथम पटक सार्वजनिक गरिएको मितिले एक महिना भित्र राय सुझाव तथा प्रतिक्रिया निम्न ठेगानामा पठाई सहयोग गर्नुहुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरण
ब्लुस्टार अफिस कमप्लेक्स , त्रिपुरेश्वर, काठमाडौं
Contact Email : mparyal@nta.gov.np, hpbaskoti@nta.gov.np and bcshrestha@nta.gov.np