नेपाल दूरसञ्चार प्राधिकरणको
प्रेश विज्ञप्ति
नेपाल सरकारको नेपाल राज्यका सबै दुर्गम तथा अति दुर्गम क्षेत्रमा दूरसंचार सेवा पुर्याउने लक्ष्य अनुरुप नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी खुला गरेको “ग्रामीण दूरसञ्चार सेवा” संचालनको लागि प्राधिकरणद्वारा अन्तर्राष्ट्रिय स्तरमा विज्ञापन प्रकाशन गरी वोलपत्र आव्हान गरिएकोमा निवेदन परेका निवेदनहरु मध्ये स्क्वायर नेटवर्क प्रा.लि., नेपाल, २०५, जिल्याट स्याटेलाइट नेटवर्क लिमिटेड, इजरायल, १०५ र लालसाहु डिस्ट्रीव्युसन प्रा.लि., सिंगापुर ७०५ शेयर रहेको संयुक्त लगानीमा दर्ता भएको स्मार्ट टेलिकम प्रा.लि.लाई आज मिति २०६५।३।१९ गतेका दिन “ग्रामीण दूरसञ्चार सेवा” Rural Telecommunications Service संचालनका लागि प्राधिकरणबाट अनुमतिपत्र जारी गरिएको व्यहोरा र्सवसाधारणको लागि जानकारी गराइन्छ ।
कम्पनीले पालना गर्नु पर्ने शर्तहरु निम्न बमोजिम रहेका छन्-
- अनुमतिपत्र प्राप्त गरेको ८ महिनाभित्र पूर्वाञ्चल विकास क्षेत्रमा वाहेक ४ वटा विकास क्षेत्रका हालसम्म टेलिफोन सेवा नपुगेका ३९८ गा.वि.स. मा कम्तिमा २ लाइन टेलिफोन सेवा स्थापना र संचालन गरी सक्नु पर्ने ।
- अनुमतिपत्र प्राप्त गरेको २ महिनाभित्र नेटवर्क स्थापना गरी सेवा संचालनमा ल्याइ सक्नु पर्ने ।
- अनुमतिपत्र प्राप्त गरेको मितिले ५ महिनाभित्रमा ५० प्रतिशत गा.वि.स.-१९९ गा.वि.स.) मा २ लाइन एऋइ जडान गरी संचालन गरी सक्नु पर्ने ।
मिति २०६५।३।२०
कैलाश प्रसाद न्यौपाने
प्रवक्ता