त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक/सामुदायिक क्याम्पसहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने कार्य सम्बन्धमा प्रेश विज्ञप्ति

///त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक/सामुदायिक क्याम्पसहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने कार्य सम्बन्धमा प्रेश विज्ञप्ति

त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक/सामुदायिक क्याम्पसहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने कार्य सम्बन्धमा प्रेश विज्ञप्ति

 

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक/सामुदायिक क्याम्पसहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने कार्यको लागि नेपाल दूरसञ्चार प्राधिकरण र सम्बन्धित विश्वविद्यालयहरु बिच मिति २०७९।१०।२२ मा समझदारी-पत्रमा हस्ताक्षर गरियो।

उक्त समझदारी पत्रमा नेपाल दूरसञ्चार प्राधिकरणका तर्फबाट अध्यक्ष श्री पुरुषोत्तम खनालज्यूले तथा त्रिभुवन विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्रा.डा. पेशल दाहाल र नेपाल संस्कृत विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार श्री माधब अधिकारी ज्यूले हस्ताक्षर गर्नुभयो।उक्त कार्यबाट प्रविधिको प्रयोग मार्फत विश्वविद्यालयबाट प्रवाह भइरहेको शैक्षिक कार्य थप व्यवस्थित हुने र वैकल्पिक सिकाईमा पनि टेवा पुग्ने विश्वास लिइएको छ।

2023-02-05T11:10:01+00:00 February 5th, 2023|Public Notices|