प्राधिकरणका सदस्यहरु

///प्राधिकरणका सदस्यहरु

दूरसञ्‍चार ऐन २०५३ को दफा ५ बमोजिम प्राधिकरणमा दूरसंचार सेवासंग सम्वन्धित प्राविधिक र प्रशासनिक वजार व्यवस्थापन, लेखा तथा लेखापरिक्षण वा कानूनी क्षेत्रमा तोकिए वमोजिम योग्ता र अनुभव भएका अध्यक्ष सहित पांचजना सदस्यहरु रहनेछन् ।

प्राधिकरणका अध्यक्ष तथा सहस्यहरुको नियुक्तिको लागि सिफारिश गर्न नेपाल सरकारले सम्वद्ध क्षेत्रका विज्ञहरु समेत रहेको एक समिति गठन गर्नेछ र सो समितिको सिफारिशमा नेपाल सरकारले अध्यक्ष तथा सदस्यहरुको नियुक्ति गर्नेछ।

प्राधिकरणले आवश्यक देखेमा कुनै विशेषज्ञलाई प्राधिकरणको वैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ।

प्राधिकरणका वरिष्ठ अधिकृत कर्मचारीहरु मध्येवाट अध्यक्षले तोकेको कर्मचारीले प्राधिकरणको सचिव भई काम गर्नेछ।

प्राधिकरणको हालको संरचना निम्न बमोजिम रहेको छ:

 

नाम पद
श्री पुरुषोत्तम खनाल अध्यक्ष
श्री राममणी दुवाडी सदस्य
श्री गोकर्ण प्रसाद सिटौला सदस्य
श्री रबिन्द्र झा सदस्य
2023-01-27T09:07:50+00:00