नेपाल दूरसंचार प्राधिकरणको अनुरोध !!!

///नेपाल दूरसंचार प्राधिकरणको अनुरोध !!!

नेपाल दूरसंचार प्राधिकरणको अनुरोध !!!

मोबाइल टावरबाट हुन सक्ने रेडियो विकिरणको असर सम्बन्धमा कतिपय गलत र तथ्यहिन समाचारहरु प्रकाशन/प्रशारण भएको प्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ | मोबाइल टावरबाट उत्सर्जन हुने रेडियो विकिरण (Electromagnetic Radiation) को अधिकतम लेबल तथा यस सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा विश्व स्वास्थ संगठन (WHO) ले समेत अंगिकार गरेको प्रचलित ICNIRP (International Commission on Non-lonizing Radiation Protection) को मापदण्ड बमोजिम गर्ने गराउने गरी प्राधिकरणले व्यवस्था मिलाएको छ | सर्वसाधारणको स्वास्थ सुरक्षाको प्रत्याभूति गर्न दूरसंचार एन्टेनाको संरचना अर्थात् टावर निमार्ण तथा संचालन सम्बन्धी व्यवस्थालाई व्यवस्थित तथा प्रभावकारी बनाउन नेपाल दूरसंचार प्राधिकरण कटिबद्ध छ | प्राधिकरणले यस सम्बन्धमा कानून बमोजिम आवश्यक मापदण्ड बनाई समय-समयमा निरीक्षण गरी नियमन गर्ने गरेको छ | तसर्थ प्राधिकरणबाट तोकिए बमोजिमको मापदण्ड अनुसार मोबाइल सेवा संचालनमा सहयोग गरिदिनुहुन सरोकारवाला सबै निकायहरु तथा सर्वसाधारण सबैलाई प्राधिकरण हार्दिक अनुरोध गर्दछ |

2019-03-15T05:39:18+00:00 March 15th, 2019|Public Notices|