नेपाल दूरसञ्चार प्राधिकरणको जरुरी सूचना

///नेपाल दूरसञ्चार प्राधिकरणको जरुरी सूचना

नेपाल दूरसञ्चार प्राधिकरणको जरुरी सूचना
प्रथम पटक प्रकाशित मितिः २०७५।०७।२५

मिति २०७५।०६।२३ खण्ड ६८) भाग ३ मा प्रकाशित नेपाल राजपत्रको सूचनाबाट दूरसञ्चार नियमावली, २०५४ को सातौ संशोधनद्वारा दूरसञ्चार सेवा सञ्चालन गर्न कुनै एक अनुमतिपत्र प्राप्त व्यक्ति, त्यसको सहायक कम्पनी, सञ्चालक, आधारभूत शेयरधनी वा निजको परिवारको सदस्य वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको कुनै फर्म वा कम्पनीले अर्काे अनुमतिपत्र प्राप्त व्यक्तिको पूँजि संरचनामा एक प्रतिशतभन्दा बढी स्वपूँजी (इक्वीटी) वा ऋण दिई लगानी गर्न वा गराउन नसक्ने व्यवस्था कायम गर्नुको साथै चुक्ता पूँजिको पाँच प्रतिशत भन्दा बढी शेयर खरिद वा विक्री गर्नु अघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था कायम गरिएको व्यहोरा सरोकारवाला तथा सम्बन्धित सेवा प्रदायकहरुलाई यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

साथै सोही नेपाल राजपत्रको सूचना बमोजिम यस प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरी दूरसञ्चार सेवा सञ्चालन गरिरहेको सेवा प्रदायकहरुले तोकिएको समयमा रोयल्टी रकम नबुझाएमा बुझाउन बाँकी रहेको रकमको दुई प्रतिशतका दरले प्रत्येक महिना थप दस्तुर लाग्ने व्यवस्था गरी दूरसञ्चार नियमावली, २०५४ मा संशोधन गरिएको व्यहोरा समेत सरोकारवाला तथा सम्बन्धित सेवा प्रदायकहरुलाई यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरण,अनुमतिपत्र शाखा
कमलादी, काठमाण्डौं

2018-11-11T05:05:07+00:00 November 11th, 2018|Public Notices|