नेपाल दूरसञ्चार प्राधिकरणको Satellite Phone को अनधिकृत प्रयोग रोक्ने सम्बन्धमा अत्यन्त जरुरी सूचना |
नेपालभित्र GMPCS(Global Mobile Personal Communication Service सेवा प्रदान गर्न हालसम्म दुई सेवा प्रदायक कम्पनीहरु(१)श्रीConstellation Pvt .Ltd.पुल्चोक ललितपुर(www.constellation.com.np) र(२)I4 Technologies Pvt.Ltd.कमलादी, काठमाडौँ(www.satelliteinnepal.com)लाई यस प्राधिकरणवाट अनुमतिपत्र प्रदान गरिएको हुँदा उक्त सेवा प्रदायकहरुबाट मात्र सेवा लिई Satellite Phone सेवा प्रयोग गर्न सबैको जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ| आधिकारिक सेवा प्रदायकवाट सेवा नलिई अनधिकृत रुपमा Satellite Phoneप्रयोग गरेको पाइएमा वा कसैले अनधिकृत रुपमा सेवा संचालन गरेको पाइएमा कानून बमोजिम कडा कारवाही हुने व्यहोरा जानकारी गराइएको छ |
नेपाल दूरसंचार प्राधिकरण त्रिपुरेश्वर,काठमाडौं | पो.ब. नं ९७५४,फो.नं ४१०१०३०-३३ फ्याक्स नं ४१०१०३४, इमेल:ntra@nta.gov.np
|