नेपाल दूरसञ्चार प्राधिकरणको
ईन्टरनेट सेवा प्रदायकहरुलाई अत्यन्त जरुरी सूचना
नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त केही इन्टरनेट सेवाप्रदायकहरुले अन्य कम्पनी/संस्था हरुलाई सम्झौता नै नगरी इन्टरनेट ब्याण्डवीथ उपलब्ध गराउने गरेको र त्यस्ता संस्थाहरुले आफैले उपकरणहरु खरिद गरी, टावर निर्माण गरी, अप्टिकल फाईबर नेटवर्क विस्तार गरी सेवा संचालन गर्ने गरेको र ग्राहकहरुलाई बिल बिजक नै प्रदान नगरी इन्टरनेट सेवा प्रदान गरेको भन्ने बुझिन आएको हुँदा इन्टरनेट सेवाप्रदायकको अनुमतिपत्र बिना इन्टरनेट सेवा संचालन नगर्न नगराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ | दूरसञ्चार ऐन, नियम विपरीत अनुमतिपत्र बिना इन्टरनेट सेवा वा अन्य कुनै दूरसञ्चार सेवा संचालन गर्ने र गराउने गरेको पाईएमा कानुन बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराईन्छ | साथै कसैले अनुमतिपत्र बिना यसरी इन्टरनेट सेवा संचालन गरिरहेको देखिएमा यस प्राधिकरणको तल उल्लिखित इमेलमा जानकारी गराउनु हुन समेत अनुरोध गरिएको छ |
प्रकाशित मिति: २०७५/१२/२४
अनुगमन विभाग
नेपाल दूरसञ्चार प्राधिकरण
कमलादी , काठमाण्डौ, नेपाल
फोन नं. ९७७-१-४२५५४७४, फ्याक्स नं.९७७-१-४२५५२५०
URL : www.nta.gov.np, Email : ntra@nta.gov.np