नेपाल दूरसञ्चार प्राधिकरणको अत्यन्त जरुरी सूचना
यस प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरेको तपशिल वमोजिमको सेवा प्रदायकलाई रोयल्टी तथा ग्रामिण दूरसञ्चार विकास कोष वापतको नियमानुसार बुझाउनु पर्ने बाँकी रकम बुझाउन प्राधिकरणबाट पटक पटक पत्राचार गर्दा पनि नबुझाएकोले उक्त रकम बुझाउन मिति २०६८।११।१६ मा र मिति २०६९।१।११ मा सार्वजनिक सूचना प्रकाशित गरिएकोमा उक्त समयावधि भित्र पनि नबुझाएकोले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र नियमानुसार बुझाउनु पर्ने दस्तुर जम्मा गर्नुहुन दूरसञ्चार ऐन २०५३ को दफा २८ को उपदफा ४ बमोजिम पूनः मौका प्रदान गरिएको छ । उक्त समयावधि भित्र पनि नियमानुसार बुझाउनुपर्ने दस्तुर नबुझाएमा ऐनको दफा २८ बमोजिम अनुमतिपत्र खारेजको प्रक्रिया अगाडि बढाईने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ ।
क्र.सं. | नाम | ठेगाना | अनुमतिपत्र प्राप्त सेवा |
१. | एभ्को इन्टरनेशनल प्रा.लि. | का.म.न.पा.—१, नागपोखरी, काठमाण्डौं । | जि.एम.पि.सि.एस. सेवा |