नेपाल दूरसञ्‍चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त सबै दूरसञ्‍चार सेवा प्रदायकहरु (आधारभूत दूरसञ्‍चार/टेलिफोन, मोबाईल, नेटवर्क, इन्टर्नेट लगायत) को लागि जारी गरिएको Cyber Security Byelaw, 2077 (2020) सम्बन्धी अत्यन्त जरूरी सुचना

///नेपाल दूरसञ्‍चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त सबै दूरसञ्‍चार सेवा प्रदायकहरु (आधारभूत दूरसञ्‍चार/टेलिफोन, मोबाईल, नेटवर्क, इन्टर्नेट लगायत) को लागि जारी गरिएको Cyber Security Byelaw, 2077 (2020) सम्बन्धी अत्यन्त जरूरी सुचना

नेपाल दूरसञ्‍चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त सबै दूरसञ्‍चार सेवा प्रदायकहरु (आधारभूत दूरसञ्‍चार /टेलिफोन, मोबाईल, नेटवर्क, इन्टर्नेट लगायत) को लागि जारी गरिएको Cyber Security Byelaw, 2077 (2020) सम्बन्धी अत्यन्त जरूरी सुचना

 

अन्तर्राष्ट्रिय रुपमा प्रचलित मापदण्ड तथा अभ्यासहरु अनुसार साईबर सुरक्षाका बिबिध मापदण्डहरु अपनाएर सूचना तथा सञ्‍चार प्रबिधिका पूर्वाधार लगायत सूचना प्रणालीहरुलाई विभिन्न प्रकारका साईबर हमला तथा जोखिमहरुबाट जोगाउन अपरिहार्य भईसकेको छ | साईबर सुरक्षाका मापदण्डहरु अपनाउनु पर्ने विषयमा नेपाल सरकारको पनि गम्भिर ध्यानकर्षण भईसकेको अवस्था छ| यसै परिप्रेक्ष्यमा दूरसञ्‍चार ऐन, २०५३ को दफा ६२ ले दिएको अधिकार प्रयोग गरी नेपाल दूरसञ्‍चार प्राधिकरणले “Cyber Security Byelaw, 2077 (2020)” स्वीकृत गरी तत्काल लागू गरेको छ |

अतः यस प्राधिकरणबाट अनुमतिपत्र प्राप्त सबै सेवा दूरसञ्‍चार सेवा प्रदायकहरु(आधारभूत दूरसञ्‍चार/टेलिफोन, मोबाईल, नेटवर्क, इन्टर्नेट सेवा प्रदायक लगायत) लाई “Cyber Security Byelaw, 2077 (2020)” को पालना गरी सेवा संचालन गर्न/गराउन यसै सूचना मार्फत जानकारी गराईएको छ |

नेपाल दूरसञ्‍चार प्राधिकरण
अनुगमन महाशाखा
श्री कुञ्ज भवन, कमलादी
काठमाडौं, नेपाल
फोन नं: ४२५५४७४, फ्याक्स नंस: ४२५५२५०
Email: info@nta.gov.np, URL: www.nta.gov.np

2020-08-30T14:59:24+00:00 August 30th, 2020|Public Notices|