अनुमतिपत्र खारेज सम्बन्धी अत्यन्त जरुरी सूचना
प्रथम पटक प्रकाशित मितिः २०७५।११।०३
यस प्राधिकरणबाट देहाय बमोजिमको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र प्राप्त संस्था लुम्बिनी नेट प्रा.लि.ले अनुमतिपत्र नवीकरणका लागि नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) वमोजिम देहाय अनुसारको मिति देखि स्वतः खारेज भएको व्यहोरा उपभोक्ता एवं सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै उक्त संस्थाले आ.ब.२०७४।७५ को नियमानुसार बुझाउनु पर्ने अडिटेड वित्तिय विवरण र सो अनुसार बुझाउनुपर्ने रोयल्टी तथा ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम बुझाउनु हुन समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ ।
क्र.सं. | सेवाप्रदायकको नाम | अनुमतिपत्र प्राप्त मिति | अनुमतिपत्र नं. | खारेज मिति | कैफियत |
---|---|---|---|---|---|
१ | लुम्बिनी नेट प्रा.लि., सानेपा, ललितपुर । | २०७०।११।०२ | फि.ज. १–७१ | २०७५।११।०१ | तोकिएको समयमा नवीकरण नगराएकोले स्वतः खारेज भएको । |
नेपाल दूरसञ्चार प्राधिकरण,अनुमतिपत्र शाखा
कमलादी, काठमाण्डौं
फोन नं.: ९७७–१–४२५५४७४, ४२५४७१७, ४२५५६४९,
फयाक्स् : ९७७–१–४२५५२५०
पो.ब.नं.९७५४