सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने सम्बन्धमा बिद्यालय छनौट सम्बन्धी सूचना
( प्रकाशित मिति: २०७५/१२/२१ )
यस प्राधिकरणबाट सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने सम्बन्धमा मिति २०७५/०९/०१ गते प्रकाशन गरिएको सूचना बमोजिम सामुदायिक विद्यालयहरुबाट प्राप्त प्रस्तावहरु मध्येबाट सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यविधि, २०७५, अनुरुप छनौट भएका विद्यालयहरुको सुची सम्बन्धित सबैको जानकारीको लागि प्राधिकरणको वेबसाइट www.nta.gov.np/itlabresult मा राखिएको छ | साथै छनौट भएका विद्यालयहरुले १५ दिन भित्र प्राधिकरणमा सिधै वा ईमेल वा फ्याक्स वा आधिकारिक व्यक्ति (व्यबस्थापन समितिको अध्यक्ष वा प्रधानाध्यापक) को मोबाइलबाट SMS गरी सम्पर्क गर्नुपर्नेछ | तोकिएको समयभित्र सम्पर्क नगर्ने विद्यालयलाई छनौट सुचीबाट स्वत: हटाई प्रतिक्षासूचिबाट विद्यालय छनौट गरिनेछ |
यस सम्बन्धी विस्तृत जानकारीको लागि प्राधिकरणको वेबसाइट www.nta.gov.np/itlabresult हेर्नहुन वा फोन नं १-४२५५४७४ (Ext. २२७,२७२,२५६,२१५) मा सम्पर्क गर्नुहुन अनुरोध छ।
नेपाल दूरसञ्चार प्राधिकरण
कमलादी,काठमाडौँ ,नेपाल |
जि. पि. ओ. बक्स: ९७५४
फोन नं.: +९७७-१- ४२५५४७४/४२५६०५४
फ्याक्स नं.: +९७७-१ ४२५५२५०
इमेल:itlab@nta.gov.np
मोबाइल नं. :९८६३१९७०१७
वेवसाइट: www.nta.gov.np/itlabresult