सूचना प्रविधि सेवा केन्द्र स्थापना गर्ने सम्बन्धमा प्रस्ताव माग गरिएको सूचना

///सूचना प्रविधि सेवा केन्द्र स्थापना गर्ने सम्बन्धमा प्रस्ताव माग गरिएको सूचना

सूचना प्रविधि सेवा केन्द्र स्थापना गर्ने सम्बन्धमा प्रस्ताव माग गरिएको सूचना

नेपाल दूरसंचार प्राधिकरण

कमलादी, काठमाण्डौ

(प्रथम पटक प्रकाशित मिति: २०७५/०९/०९)

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वार्षिक कार्ययोजना एवं नेपाल दूरसंचार प्राधिकरणको वार्षिक कार्यक्रम अनुसार हालसम्म इन्टरनेट सेवा नपुगेका १५० वटा स्थानीय तहका केन्द्रमा सूचना प्रविधि सेवा केन्द्र स्थापना गरी प्रविधिको पहुँच र प्रयोगवाट प्राप्त हुने लाभांस ग्रामीण भेगका दुर्गम क्षेत्रसम्म पुर्‍याउने मूल उद्देश्य रहेको हुँदा तपशीलमा उल्लेखित मापदण्डहरु पूरा गर्ने इच्छुक स्थानीय तहहरुलाई यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र तोकिएको ढाँचामा सोझै अथवा इमेल (itsc@nta.gov.np) वा फ्याक्स (१-४२५५२५०) बाट प्राधिकरणमा आइपुग्ने गरी प्रस्ताव पेश गर्न आह्ववान गरिन्छ। स्थानीय तहले पेश गर्ने प्रस्तावको ढाँचा प्राधिकरणको वेबसाइट (www.nta.gov.np/itsc) बाट डाउनलोड गर्न सकिनेछ।यस सम्बन्धि थप जानकारीको लागि प्राधिकरणको इमेल ठेगाना (itsc@nta.gov.np) वा फोन नं १-४२५५४७४ (Ext. २२७,२७२,२५६,२१५) मा सम्पर्क गर्नुहुन अनुरोध छ।

 

स्थानीय तहले पेश गर्ने प्रस्तावको ढाँचा:

 

 

 

 

 

 

स्थानीय तह छनौट सम्बन्धि मापदण्डहरु

  • पक्की भवन, फर्निचर लगायतका भौतिक पूर्वाधारहरु तथा सुरक्षाको राम्रो व्यवस्था भएको हुनुपर्नेछ।
  • विभिन्न कारणले पिछडिएको वर्ग/समुदाय र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरु बसोवास गर्ने स्थानीय तहलाई विशेष प्राथमिकता दिइनेछ।
  • सम्भव भएसम्म विधुत आपुर्ति भएको हुनुपर्नेछ ।
  • सूचना प्रविधि सम्बन्धी दक्ष जनशक्तिको व्यवस्था भएको हुनुपर्नेछ वा स्थानीय स्तरबाट त्यस्तो प्रकृति जनशक्ति उपलब्ध गराउने प्रतिवद्धता प्राप्त भएको हुनुपर्नेछ ।
  • केन्द्र स्थापना भइसकेपछि सोको प्रभावकारी संचालन र दिगोपनाको लागि आवश्यक श्रोतको व्यवस्था गर्न सक्ने र अपनत्वको साथ कार्यक्रमको व्यवस्थापन गर्ने गरी स्थानीय तहको प्रतिवद्धता हुनुपर्नेछ।
  • ईन्टरनेट सेवा नपुगेका स्थानीय तहहरुलाई विशेष प्राथामिकता दिईनेछ|
  • दुर्गम तथा पिछडिएका क्षेत्रहरुलाई प्रमुख प्राथामिकता दिईनेछ|
  • केन्द्र स्थापनाकोलागि आवश्यक उपकरणहरु जस्तै: कम्प्युटर, ईन्टरनेट, फोटोकपी, र प्रिन्टर नभएका स्थानीय तहहरुलाई प्राथमिकता दिइनेछ |

पुनश्च : सूचना प्रविधि सेवा केन्द्र स्थापना गर्ने सम्बन्धमा प्रस्ताब पेश गर्ने म्याद २०७५/१०/४ सम्म थप गरिएको छ ।

नोट: सूचना केन्द्र स्थापना गरिने स्थानीय तह छनौटको आन्तिम अधिकार प्राधिकरणमा निहित रहनेछ |

 

नेपाल दूरसञ्चार प्राधिकरण

कमलादी,काठमाडौँ ,नेपाल |

जि. पि. ओ. बक्स: ९७५४

फोन नं.: +९७७-१- ४२५५४७४/४२५६०५४

फ्याक्स नं.: +९७७-१ ४२५५२५०

इमेल: itsc@nta.gov.np

वेवसाइट: www.nta.gov.np/itsc

2019-01-08T07:51:45+00:00 December 23rd, 2018|Public Notices|