Infrastructure Sharing सम्बन्धमा अवधारणा पत्र

///Infrastructure Sharing सम्बन्धमा अवधारणा पत्र

Consultation Paper on the Infrastructure Sharing

दूरसञ्‍चार संरचनाको द्रुततर विकास गरी समग्र देशमा र खासगरी ग्रामीण क्षेत्रमा समेत दूरसञ्‍चारको पहुँच बढाउन Infrastructure Sharing एक प्रभावकारी साधनको रुपमा विश्व भर प्रयोग भइरहेको सन्दर्भमा नेपालमा पनि यो कार्य गरी देशभर दूरसञ्‍चारको सञ्‍जाल द्रुततर रुपमा विकास गर्न सकिन्छ। यस कार्यबाट दूरसञ्‍चार सेवाको छिटो विकास विस्तार हुनुका साथै दोहोरो लगानी नहुने, सेवा सञ्‍चालनमा प्रतिस्पर्धाको वातावरण सृजना हुने र ग्राहकले सस्तो दरमा सेवा उपभोग गर्न पाउने वातावरण समेत सृजना हुन जाने देखिएकोले Infrastructure Sharing सम्बन्धी कार्य अगाडि बढाउन विभिन्‍न सरोकारवालाहरुको यस सम्बन्धमा रहेको धारणा बुझी कार्यान्वयन गर्न यो Consultation Paper यस प्राधिकरणको Website: www.nta.gov.np मा राखिएको छ। उक्त Infrastructure Sharing सम्बन्धी Consultation Paper को मस्यौदा उपर यहाँहरुको कुनै राय, सल्लाह तथा प्रतिक्रिया भए सो मिति २०६७।७।२२ भित्र प्राधिकरणको निम्न ठेगानामा पठाइ सहयोग गरिदिनुहुन सम्बन्धित सवै सरोकारवालाहरुमा प्राधिकरण हार्दिक अनुरोध गर्दछ।

मस्यौदा पत्रको लागि यहां थिच्नुहोस |

नेपाल दूरसञ्‍चार प्राधिकरण
ब्लूस्टार अफिस कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाडौं ।
इमेलः kshrestha@nta.gov.np
फ्याक्सः ९७७- ०१-४१०१०३४
टेलिफोनः ९७७ -०१-४१०१०३०-३८

अध्यक्ष

भेष राज कणेल

2017-05-29T17:27:28+00:00 June 7th, 2012|Public Notices|