भि.ओ.आइ.पि. (VoIP) तथा इन्टरनेट टेलिफोनी (Internet Telephony) सञ्चालन सम्बन्धी जरुरी सूचना
भि.ओ.आइ.पि. (VoIP) तथा इन्टरनेट टेलिफोनी (Internet Telephony) सञ्चालन गर्ने सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणबाट निम्नानुसार व्यवस्था गरिएको हुँदा सोही अनुसार दूरसञ्चार सेवा सञ्चालन एवं उपभोग गर्नुहुन र्सवसाधारण सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
VoIP सम्बन्धमा
नेपाल दूरसञ्चार प्राधिकरणबाट अन्तर्राष्ट्रिय दूरसंचार सेवा संचालनको अनुमतिपत्र प्राप्त गरेका संस्थाहरु (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, यूनाइटेड टेलिकम लिमिटेड, स्पाइस नेपाल प्रा.लि., एस.टि.एम. टेलिकम सञ्चार प्रा.लि.) लाई मात्र VoIP प्रयोग गरी International Subscriber Dialing(ISD) (अन्तर्राष्ट्रिय दूरसंचार सेवा) सेवा सञ्चालन गर्न अनुमति प्रदान गरेको हूँदा उपभोक्ताहरुले त्यस्तो संस्थाहरुबाट मात्रै उपलब्ध गराइने VoIP सेवा उपभोग गर्न सक्नेछन्।
इन्टरनेट टेलिफोनी सम्बन्धमा
प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई आंफै वा Reseller त ग्राहकहरुलाई निम्नानुसार सेवा प्रदान गर्न अनुमति प्रदान गरेको छः-
मार्फ
- नेपालमा रहेको कम्प्युटर वा इन्टरनेट टेलिफोन गर्ने सेटबाट इन्टरनेट मार्फ नेपाल भित्र वा नेपाल बाहिर अन्य देशमा रहेको अर्को कम्प्युटर वा इन्टरनेट टेलिफोन गर्ने सेटमा फोन गर्न गराउन सक्ने।
- नेपालमा रहेको कम्प्युटर वा इन्टरनेट टेलिफोन गर्ने सेटबाट इन्टरनेट मार्फ नेपाल बाहिर अन्य देशमा रहेको जुनसुकै टेलिफोनमा फोन गर्न गराउन सक्ने ।
इन्टरनेट टेलिफोनी गर्दा गर्न/गराउन नहुने कुराहरु
- इन्टरनेट टेलिफोनी सञ्चालन गर्दा आगमन कल (Incoming Voice Call) लाई PSTN/Mobile/CDMA जस्ता फोनहरुमा जोडी Terminate गर्न पाइने छैन ।
- इन्टरनेट टेलिफोनी सञ्चालन गर्दा नेपाल भित्र रहेको कुनैपनि PSTN/Mobile/CDMA जस्ता फोनहरुमा जडान गरी फोन गर्न गराउन पाइने छैन ।
नोटः- यस सम्बन्धी थप जानकारी आवश्यक भएमा प्राधिकरणमा सम्पर्क गर्नुहुन अनुरोध छ ।