बिद्यमान राष्ट्रिय नम्बरिङ्ग योजनाको पुनरावलोकन सम्वन्धमा
Consultation Documentको रुपमा जारी गरिएको बारे
नेपाल दूरसञ्चार प्राधिकरणको सूचना
(सार्वजनिक गरिएको मिति:-२०७०|०७|१०)
टेलिफोन सेवा संचालन गर्नक लागि प्रयोग हुने नम्बर अत्यन्त महत्वपुर्ण सीमित राष्ट्रिय श्रोत भएकोले यसलाई प्रभावकारी एवं व्यवस्थित ढंगले व्यवस्थापन गर्नु अपरिहार्य हुन्छ | दूरसंचार क्षेत्रमा बिकशित हुदैन गैरहेको नयाँ प्रविधि यस क्षेत्रमा बढ्दै गैरहेको प्रतिस्पर्धा तथा बढ्दो ग्राहक संख्यालाई समेत विचार गरी विद्यमान राष्ट्रिय नम्बरिङ्ग योजनालाई समयानुकुल परिमार्जन एवं व्यवस्थित गर्ने मनसायले प्राधिकरण बाट अन्तराष्ट्रिय प्रचलन समेतको अध्ययन गरी नयाँ राष्ट्रिय नम्बरिङ्गको मस्यौदा तयार पारिएको छ | उक्त प्रस्तावित नयाँ राष्ट्रिय नम्बरिङ्गयोजनालाई सरोकारवालाहरुको राय सुझाव तथा प्रतिक्रियालिने उद्देश्यले प्राधिकरणको वेवसाइट www.nta.gov.npसार्वजनिक गरिएको छ | प्राधिकरणबाट सार्वजनिक गरिएको उक्तConsultation Paper
उपर सरोकारवालाहरुबाट सार्वजनिक गरिएको मितिले एक महिना भित्र राय सुझाव तथा प्रतिक्रिया निम्न ठेगानामा पठाइ सहयोग गर्नुहुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएकोछ |
नेपाल दूरसञ्चार प्राधिकरण
व्लूस्टार अफिसकम्प्लेक्स, त्रिपुरेश्वर, काठमाडौं
फोन नं.: ९७७-१-४१०१०३०–३८, फ्याक्स:९७७-१-४१०१०३४
Website: www.nta.gov.np
Contact email: mparyal@nta.gov.np, bcshrestha@nta.gov.np