अव्यबस्थित तार व्यवस्थापन गर्ने सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणको
अत्यन्त जरुरी सूचना
इन्टरनेट सेवा प्रदायक, केबुल अपरेटर तथा अन्य संघ÷संस्थाहरुले टेलिफोन तथा विजुलीको खम्बामा अव्यवस्थित हिसाबले शहरको सुन्दरता मै असर पर्ने गरी तार झुण्डाउने तथा सडक क्रस गराउने लगायतका कार्य गर्दा शहरको सुन्दरतामा असर पुग्नुको साथै आगलागी समेत भई गम्भिर दुर्घटना भईरहेको छ । शहरलाई सुन्दर राख्न तथा आम नागरिकलाई सुरक्षित एवं व्यवस्थित रुपमा सेवा जडान गराउन यसरी अव्यस्थित, असुरक्षित तथा शहरलाई नै कुरुप बनाउने गरी जडान भएका तथा सडकमा क्रस भएका तारहरुलाई आगामी बडादशै अगावै व्यवस्थापन गरी शहरको सुन्दरता कायम गर्न/गराउन सम्बन्धित सबैलाई अनुरोध गर्दछौ । यस सूचनाको अवज्ञा गरी अव्यबस्थित रुपमा तार टाँग्ने वा तारलाई रोड क्रस गराईएको पाईएमा त्यस्ता व्यक्ति तथा संघ/संस्थालाई जिम्मेवार बनाई आवश्यक कानूनी कारवाही गर्नुका साथै सम्बन्धित निकायबाट त्यस्ता संरचना तत्काल हटाईने भएको हुँदा यसबाट पर्न जाने असर प्रति सम्बन्धित पक्ष नै जिम्मेवार हुने हुँदा यस्ता कार्य नगर्न/नगराउनु हुन तथा यस अघि अव्यबस्थित रुपमा रहेका तारलाई आगामी बडादशै अगावै अबिलम्ब व्यवस्थित गर्नगराउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
नेपाल दूरसञ्चार प्रधिकरण
कमलादी, काठमाडौँ, नेपाल
जि.पि.ओ.बक्स – ९७५४
फोन : ९७७-१-४२५५४७४, फ्याक्स :९७७-१-४२५५२५०
इमेल: ntra@nta.gov.np, वेबसाइट: nta.gov.np